Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– प्रधानमन्त्रीको भारत भ्रमण अघि नै शान्ति प्रक्रियामा देखिएको गतिरोध अन्त्य गर्ने प्रयास स्वरुप प्रमुख तीन दलका शीर्ष नेताको बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा तीन दलद्वारा गठित कार्यदलले तयार पारेको सहमतिमा पुग्ने बिन्दु सहितको प्रस्तावमाथि छलफल भइरहेको छ । सहमतिको अन्तिम बिन्दु पहिल्याउन प्रमुख तीन दलका तीन सदस्य रहेको कार्यदललाई जिम्मा दिइएको थियो ।
माओवादीका तर्फबाट बर्षमान पुन, कांग्रेसका कृष्ण सिटौला र एमालेका भीम रावल सम्मिलीत सो कार्यदलले बुधबार राति अबेर सम्म बसेर गृहकार्य गरेको थियो । कार्यदलले मिलेका बिषय लिपिबद्ध बनाएर बैठकमा प्रस्तुत गर्ने र नमिलेका कुरा शीर्ष नेताहरुको बैठकले टुंगो लगाउने माओबादी नेता पोष्टबहादुर बोगटीले जानकारी दिनुभयो ।
सबै दल जसरी भए पनि मिलाउनु पर्छ भन्ने पक्षमा रहेकाले बिहीबारको बैठकबाट सहमति निस्कनेमा ती दलका नेताहरुले विश्वास लिएका छन् । बैठकमा कांग्रेस र एमाले लडाकु समायोजनको मापदण्डमा सहमति भए संख्या र पुनस्थापना प्याकेजमा लचिलो हुने समान धारण लिएर प्रस्तुत भएका छन् ।
शान्ति प्रक्रिया टुङग्याउने बिषयमा माओबादीको संस्थापन र बैद्य पक्ष बिच भने मतभेद सिर्जना भएको छ । अहिले नै शान्ति प्रक्रिया टुंग्याउने निर्णायक सहमति गर्नु अघि पार्टी भित्र पर्याप्त आन्तरिक छलफल हुनु पर्ने भन्दै बैद्य पक्षले अडान लिएपछि हिजोको बैठक पनि निष्कर्षबिहीन बन्न पुगेको थियो ।
बैद्य समुह लडाकुको हतियार रहेको कन्टेनरको चाबी विशेष समितिलाई बुझाउने निर्णय गरेबाटै संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको छ ।
तपाईको प्रतिक्रिया