Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबारदेखि हुने भारत भ्रमणका एजेण्डाबारे राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका छन् ।
बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवास पुगेर प्रधानमन्त्री भट्टराईले आफ्नो भारत भ्रमणको एजेण्डाबारे राष्ट्रपतिलाई जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री भट्टराईले आफ्नो सदभाव भ्रमण भएको र भारतसँग नेपालको राष्ट्रयि एकता, अखण्डता र सार्वभौमसत्ता विरोधी कुनै पनि सन्धी सम्झौता नहुने स्पष्ट पारेका यादवले जानकारी दिए ।
भेटमा राष्ट्रपति यादवले राष्ट्रयितालाई ध्यान दिँदै अरु दलसित पनि छलफल गरेर सहमतिका आधारमामात्रै सन्धि सम्झौता गर्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया