Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- चलचित्र निर्देशक दीपक रायमाझीको ‘हर्ट अट्याक’का कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीको गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको चलचित्र निर्देशक सुमन दाहालले जानकारी दिए ।
रायमाझीले २३ वर्षअघि भाग्यरेखा चलचित्र निर्देशन गरेर आफ्नो करिअर सुरु गरेका थिए । १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरेका रायमाझीले राजेश हमाल, दिलीप रायमाझीलगायतका कलाकारलाई पर्दामा ल्याएका थिए । रायमाझीलाई कलाकारहरुले ‘भेट्रान’ निर्देशक भन्थे ।
रायमाझीको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
तपाईको प्रतिक्रिया