
सेनाको आरएएन ४९ बीएन २ टी विमान साँझ ७ बजेर ६ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमान बागलुङको बोवाङ ९ ढोरपाटनमा साँझ सवा ७ बजेतिर दुर्घटनाग्रस्त भएको हो ।
सेनामा कार्यरत केशवसिंह ऐरी विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको विमान दुर्घटना हुँदा विमानमा दाजु रामसिंह ऐरी, विमान चालक क्या. दिवाकर कार्की, विशालसिंह राठौर, डा. रविता पाठक र मिलन गोतामेको मृत्यु भएको हो ।