Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– ९ घण्टासम्म बसेको बैठकमा पनि राष्ट्रियता विरोधी अभिब्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई सरकारबाट फिर्ता बोलाउने बारेमा विवाद नमिले पनि प्रवक्ता जितेन्द्र देवले भनेका छन्– ‘भोलि (मंगलबार) चामत्कारिक निर्णय हुन्छ ।’
चामत्कारिक निर्णयका बारेमा नेपाली राजनीतिमा विभिन्न अड्कालबाजी हुन थालेका छन् । सोमबारको बैठकमा अधिकांश नेताहरु राजीनामा दिन नहुने पक्षमा उभिएपछि समस्या पैदा भएको छ । राजनीतिक समितिमा राजीनामाभन्दा पनि सरकारबाटै फिर्ता हुनुपर्ने आवाज बलियो उठेको स्रोतको दाबी छ ।
पार्टी भित्र पनि विवाद देखिएपछि मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सोमबार कुनै निर्णय गर्न सकेन । फोरम लोकतान्त्रिकको राजनैतिक समितीको सोमबार बसेको झण्डै ९ घण्टा लामो बैठक नेताहरुवीच भण्डारीको पक्ष र विपक्षमा चर्का चर्की भएपछि बैठक निष्कर्षविहीन बनेको हो ।
पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो १ बजेबाट बसेको बैठकमा केही सदस्यहरुले अभिब्यक्ति दिएकै भरमा मन्त्री जस्तो पदमा आसिन ब्यक्तिलाइ फिर्ता बोलाउन नहुने बताए पछि राति नौ बजेतिर पुनः छलफल गर्ने गरी टुङ्गिएको हो ।
बैठकले यस बारेमा मधेशी मोर्चा र सत्तासाझेदार एकीकृत माओवादीसंग छलफल गर्ने निर्णय गरेको नेता जितेन्द्र देवले जानकारी दिनुभयो । मोर्चा र माओवादी संग छलफल गरी मंगलबार पुनः पार्टीको बैठक बसेर निर्णय लिइने जितेन्द्र देवले बतउनुभयो ।
पार्टी कार्यालयमा बैठक भित्र चर्काचर्की भइरहँदा बाहिर केही मधेसी नागरिक अगुवाहरुले भण्डारीलाइ राजीनामा नगराउन माग गर्दै धर्ना दिएका थिए । यस्तै जारी बैठक स्थल बाहिर फोरम समर्थित मानवअधिकारकर्मीहरु पनि रक्षामन्त्रीलाइ राजीनामा नगराउन दबाब स्वरुप धर्नामा बसेका थिए ।
बिपक्षी दलको चर्को दबाबपछि हिन्दु युवा संघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्याको अभियोग लागेका भुमिसुधार मन्त्री प्रभु साहले राजीनामा दिनु भएपछि फोरम लोकतान्त्रिकलाई पनि मन्त्री भण्डारीलाई हटाउन दबाब परेको छ ।
मन्त्री भण्डारीले गत असोज ९ गते एक अन्तक्रिर्यामा मधेसीलाई बिभेदमा पारिरहने हो भने मधेसका २२ जिल्लाले निर्णय गरेर नेपालबाट अलग हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो ।
तपाईको प्रतिक्रिया