Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ २५, २०८१
Friday, February 7, 2025
काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रेमिट्यान्सबाट मात्र मुलुकको आर्थिक अवस्था धान्ने अवस्थाबाट मुक्त हुनका लागि सरकारले उद्योग धन्दालाई सुरक्षाको ग्यारेण्टी गरे एनआरएनले लगानी गर्न सक्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक अन्तर्क्रियामा महतोले एनआरनलाई लगानीको वातावरण तयार गर्न आहृवान गरे । समाजवाद भनेको पूँजीवादको चरम विकास भएकाले आर्थिक विकासका लागि समाजवादको ब्याख्या सहि ढंगले हुनुपर्ने उनले बताए ।
डा. महतोले भने- ‘कुनै पनि देश वा संस्थालाई बलियो बनाउनका लागि मध्यम वर्गका व्यापारीहरुलाई सरकारले बढी सुविधा दिन सकेमात्र आर्थिक विकास हुनसक्छ ।’ उनले कार्लमार्क्सले बुझेको समाजवादको व्याख्या अनुसार वर्तमान सरकारले काम गर्न सकेमात्र मुलुकको आर्थिक विकास हुने दावी गरे ।
कार्यक्रममा एनआरएनका निवर्तमान अध्यक्ष देवमान हिराचनले शिक्षा नै  आर्थिक बृद्धिदरको उपज हो भन्दै, नेपालको आर्थिक बृद्धिका लागि एक गाउँ एक विद्यालयको अवधारणा अपनाउनु पर्ने धारणा राखे ।
उनले भने- ‘पूँजीपति वर्ग सँगको पैसा बाहिर आउन नसक्नुको मूख्य कारण पनि मुलुकको आर्थिक बृद्धिदर घट्नु हो ।’
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारी खर्च र सरकारले लिएको ऋणबाट खुलेका उद्योग व्यवसायहरु धरासायी बनेकै कारण मुलुकको अर्थ व्यवस्था कमजोर भएको आरोप लगाए ।
खनालले भने, ‘ऊर्जा, पर्यटन र कृषीमा लगानी बढाउन सकेमा अरुतिरको घाटा घटाउन सकिन्छ, नत्र सम्भ्रान्तलाई अरु सम्भ्रान्त बनाउनु बाहेक अरु केही हुँदैन ।’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार देवेन्द्र पौडेलले आर्थिक विकासको लागि एनआरएनले नयाँ नेपालको परिकल्पना अनुसार लगानी प्रवाह गर्नका लागि आग्रह पनि गरे ।
प्राध्यापक डा. दुर्गा पोखरेलले देशमा उचित आम्दानीको अभावका कारण लाखौं युवा विदेशीएको दावी गर्दै मुलुकमा आर्थिक बृद्धिका लागि सरकारले एनआरएनसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।  ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया