Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025
काठमाडौं– पञ्चायत, बहुदल र गणतन्त्रगरी १३ पटकसम्म मन्त्री भएर नयाँ कीर्तिमान कायम गरेका रक्षामन्त्री शरतसिंह भण्डारीको पनि वर्तमान सरकारबाट दुःखद विदाइ हुने भएको छ ।
मधेसका २२ जिल्लाले निर्णय गरे मुलुक टुक्र्याउन कुनै कानुनले रोक्न नसक्ने अभिव्यक्ति दिएका रक्षामन्त्री भण्डारीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडानपछि उनको दल मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सोमबार राजीनामा गर्न लगाउने भएको छ ।
विश्व हिन्दू युवा संघका अध्यक्ष काशीनाथ तिवारी हत्या अभियोग लागेका भूमिसुधार मन्त्री प्रभू साहको राजीनामासँगै भण्डारीमाथि पनि राजीनामा दिनुपर्ने नैतिक दबाब परेको छ ।
सत्तारुढ माओवादी र मधेसी मोर्चाबीच दुवै मन्त्रीलाई राजीनामा गराउने÷नगराउने निर्णय सम्बन्धित दलले गर्ने निर्णय शनिबार गरेको थियो ।
सोमबार बस्ने पार्टी कार्यसम्पादन समितिको बैठकले सम्भवतः भण्डारीलाई राजीनामा गर्न लगाउने निर्णय गर्ने स्रोतले जनाएको छ । यसअघि नै भण्डारीलाई रक्षामन्त्री बनाउन नहुने पक्षमा रहेका पार्टीभित्रका मधेसी नेता पनि राजीनामाकै पक्षमा छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया