Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

फ्रान्स – फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले हाउते अल्पस भ्रमणमा निस्किनुभएको छ । यो क्षेत्र राजधानी पेरिसबाट करिव ६५० किलोमिटर दक्षिण पूर्वमा पर्ने पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ ।

यसैक्रममा उहाँले ग्याप शहरका मेयर रोगर डिडियरसँग शिष्टाचार भेट गर्दै दुई देशबीचको सम्बन्ध तथा नेपालमा ग्याप शहरबाट पर्यटन प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।

सो अवसरमा मेयर डिडियरले नेपाल अहिलेसम्म आफूले नेपालको भ्रमण गर्न नपाएता पनि ग्याप शहरमा नेपाल प्रेमीहरु, सदभावना राख्ने फ्रेन्चहरु धेरै भएको र नेपाल एक प्राकृतिक सुन्दरता र मित्रवत् जनताको देश भनी आफूले थाहा थापाएको बताउनुभयो । भविष्यमा ग्याप शहरमा नेपाल प्रवर्द्धन सम्बन्धी कुनै कार्यक्रम गर्ने अवसरमा आफूले सक्दो सहयोग दिने वाचा पनि उहाँले गर्नुभयो ।

राजदूत श्रेष्ठले आफू ग्याप शहरको भ्रमणमा प्रथम पल्ट आएको र नेपालप्रेमी फ्रेन्चहरु धेरै जनासंगको भेटघाटले साह्रै खुशी लागेको र आउने दिनमा ग्याप शहरको मेयर कार्यालयको सहयोग प्राप्त गरी नेपालमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्नेतर्फ सोच्ने भनी भन्नुभएको थियो ।

पर्यटन वर्ष २०११ चलि राखेकोले मेयर डिडियरलाई आफ्नो परिवार साथीहरुसंग नेपालको भ्रमणमा जान पनि वहांले अनुरोध गर्नुभएको थियो ।

त्यसै अपरान्ह राजदूत श्रेष्ठले १९ अगष्ट १९९३ मा उद्घाटन गरिएको नेपाल गृहको पनि अवलोकन गर्नुभएको थियो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि ज्यक वियमको सक्रियतामा स्थापित सो गृहमा नेपाल सम्बन्धि पुस्तकहरु, नेपाली हस्तकलाका सामानहरु लगायत अन्य नेपाल सम्बन्धित वस्तुहरु प्रदर्शन राखिएका थिए ।

त्यसको साथै राजदूत श्रेष्ठले संगै भर्खर स्थापना गरिएको नेपालको पर्यटन सम्बन्धि सूचनाहरु प्रदान गर्ने पर्यटन इकाईको पनि उद्घाटन गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त पोष्टर, ब्रोश्योर तथा नेपाल सम्बन्धि प|mेन्च भाषामा लेखिएका पुस्तकहरुले सजिसजाउ गरिएको सो इकाईमा नेपाल भ्रमणमा जाने फ्रेन्च पर्यटकहरु लाई नेपाल सम्बन्धि विभिन्न जानकारी प्रदान गर्ने गरिएबाट पर्यटकहरुलाई निकै उपयोगी हुनेभएको छ ।

सोही दिन साँझ हाउते अल्पसको कन्सेइल जेनरल प्रेसिडेन्ट्स जीन युभस्ले राजदूत श्रेष्ठको सम्मानमा एक स्वागत समारोहको आयोजना गर्नुभएको थियो । सो अवसरमा बोल्नुहुंदै उहाँले नेपाल र फ्रान्स बीच राम्रो सम्बन्ध भै आएको, यस क्षेत्रमा नेपाल राम्ररी परिचित भएको, नेपालका उच्च हिमालहरु फ्रेन्च पर्वतारोहीहरुको लागि सदा आकर्षक रहिआएकाले, नेपाली जनता न्यानो भावनाको भएको, लुम्बिनीमा इशापूर्व ६२३ मा भगवान बुद्धले जन्म लिएको तथा नेपालमा धेरै राष्ट्रि्य पार्कहरुको अलावा विश्व सम्पदाहरु भएकोले फ्रेन्च पर्यटकहरुको लागि नेपाल एक राम्रो गन्तव्य मुलुक रहीआएकोले सकेसम्म चांडो नेपालको भ्रमणमा जान आफू उत्सुक रहेको भावना व्यक्त गर्नुभयो ।

प्रत्युत्तरमा राजदूत श्रेष्ठले फ्रेन्च भाषामा आफ्नो मन्तव्य प्रकट गर्नुहुंदै हाम्रो दुई देशबीच २० अपि्रल १९४९ मा दौत्य सम्बन्ध स्थापित भएता पनि अगाडि देखि सम्बन्ध रहीआएको,फ्रेन्च विभिन्न दृष्टिकोणले एक महत्वपूर्ण मुलुक भएको, आज भन्दा १६१ वर्ष अगाडि तत्कालिन प्रधानमन्त्रीले फ्रेन्चको भ्रमण गरेको आदि कुराको उल्लेख गर्नुहुंदै नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक तथा विभिन्न श्रोत सम्पदाले सम्पन्न मुलुक भएकोले जुनसुकै उमेरका पर्यटकले पनि भ्रमण गरी रमाउन सकिने भनी बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया