Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसंस्था जनसम्पर्क समिति जापानको आज टोकियोमा दशैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले बडादशैं तथा शुभदीपावलीको शुभकामना दिएका थिए ।

आयोजक संस्थाका कार्यवाहक अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा वक्ताहरुले दशैंतिहारको शुभकामनासंगै मुलुकमा शिघ्र शान्ति र संबिधान स्थापनाको कामना गरेका थिए ।

शेर्पा संघ जापानका पेम्बा शेर्पा, नेपाल आदिबासी जनजाती महासंघका तर्फबाट गेल्मु लाक्पा शेर्पा, अन्तरराष्ट्रिय नेपाली समाज जापानका उपाध्यक्ष शशि बिक, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानकातर्फबाट पिताम्बर चापागाई “पदमपाणि”, नेपाली बिद्यार्थी समाज जापानका तर्फबाट पुष्करजंग थापा, एनआरएन जापानका तर्फबाट देवीलाल भण्डारी, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, जनसम्पर्क समिति कान्तोका अध्यक्ष यमलाल कँडेल लगायतले दशैंतिहारको शुभकामना ब्यक्त गरेका थिए ।

वक्ताहरुले यस्ता शुभकामना आदान प्रदान कार्यक्रमले जापानको नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नमा सहयोग पुग्ने बिचार ब्यक्त गरेका थिए ।

प्रमुख अतिथिको आसनबाट आयोजक संस्थाका संस्थापक अध्यक्ष बिश्वनाथ शर्माले जापानका नेपालीहरुमा दशैंतिहारको शुभकामना ब्यक्त गर्दै समयमै शान्ति र संबिधान निर्माण गर्ने महान जिम्मेवारी पूरा गर्ने कार्यमा मुलुकको बागडोर सम्हालेका नेताहरुमा समयमै सदबुध्दी मिलोस भन्ने कामना ब्यक्त गरे ।

यस अघि आयोजक संस्थाका सल्लाहकारसमेत रहेका कार्यक्रम आयोजक समितिका संयोजक भूपिगोविन्द श्रेष्ठले उपस्थित सबैमा हार्दिक स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

महामन्त्री आनन्दबहादुर क्षेत्रीद्वारा संचालन गरिएको सो कार्यक्रममा जनयुध्दकालमा सहिद बनेका नेपाली कांग्रेस तनहुंका नेता बिष्णुप्रसाद जमरकट्टेलकी धर्मपत्नी इन्दिरादेबी जमरकट्टेललाई सम्मान पनि गरियो ।

कार्यक्रमको दोश्रो चरणमा बिभिन्न श्रष्टाहरुले साहित्यिक सिर्जनाहरु वाचन गरिनुकासाथै पिताम्बर चापागाई “पदमपाणि” द्वारा संग्रहित एवं प्रकाशित “मान्छेभित्र मान्छे” मुक्तक संग्रहको लोकार्पणसमेत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिश्वनाथ शर्मा र नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले संयुक्तरुपमा बिमोचित उक्त कृतिका बारेमा चर्चा गर्दै सर्जक पदमपाणिले मानिसभित्र हराउदैं गएको मानवपनप्रतिको ब्यङ्ग्य उक्त मुक्तक संग्रह भएको जानकारी दिए ।

अन्तमा कार्यक्रमका सभापति पासाङ शेर्पाले दशैंतिहारको शुभकामना मन्तब्य ब्यक्त गर्दै उपस्थित महानुभावहरु सबैमा हार्दिक धन्यबाद ब्यक्त गरेका थिए ।  यस अघि आयोजक संस्थाका प्रवक्ता राजेन्द्र जमरकट्टेलले दशैतिहारको शुभकामना सहित कार्यक्रम आय़ोजना गरिनुको औचित्य र सन्दर्भ बारे प्रकाश पार्दै कार्यक्रम सफ़ल पार्न सहयोग गर्ने सबैमा धन्यबाद ब्यक्त गरेका  थिए ।  त्यसपछि कार्यक्रम रात्रीभोजमा परिणत हुनुका साथै नाचगान गरी रमाईलो गरिएको थियो । ***

 

तपाईको प्रतिक्रिया