आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024
काठमाडौं- नेपालीहरु विद्यार्थीहरुले अष्ट्रेलियामा गएर कहा पढ्ने के पढ्ने भन्ने विषयमा राम्रो जानकारी नपाएर दुख पाएका देखेर  एक नेपालीले सो देशमा कलेज स्थापना गर्नुभएको छ ।
करिव १५ वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका  सचिन  योञ्जनले अष्ट्रेलियाको मेलवर्न सहरमा सेन्टर अष्ट्रेलियन कलेजको स्थानपना गर्नुभएको हो ।
आज यहां आयोजित पत्रकार सम्मेलनमा पढाइका लागि जाने नेपालीहरुलाई सो देशमा विषेष सहुलियत प्रदान गर्ने र सकेसम्म कलेजले नै जागिर खोजीदिन मदत गरिदिने उदेश्यले सो कलेजको  स्थापना गरिएको जानकारी दिइयो ।
कलेजका कार्यकारी निर्देशक सचिन योञ्जनले कलेजमा प्रविणता प्रमाणपत्र तहमा अटोमोवाइल र स्नातक तहमा व्यवस्थापन सम्बन्धी पढाइ हुने गरेको जानकारी दिनुभयो ।
विभिन्न नौ देशका  करिव २०० जना विद्यार्थी रहेको सो कलेजमा ४० प्रतिशत भन्दा माथि नेपालीहरु रहेको योञ्जनको भनाइ रहेको छ ।
सयौ नेपालीहरुले अष्ट्रेलियमा आफ़्नै व्यवसाय गरेर बसेका छन्,भने हाम्रो पनि १० वटा जति विभिन्न स्थानमा रेष्टुरेन्टहरु रहेका छन्, सोही रेष्टुरेन्टमा नेपालीहरुलाई काममा लगाउन सकिन्छ उहांले भन्नुभयो त्यसैले हामीले व्यक्तिको प्रकृति हेरेर रोजगारी प्रदान गर्ने गरेका  छौ ।
योञ्जनले सो कलेजमा पढ्न जादा दुइ वर्षमा करिव १२ देखि १४ लाख सम्म लाग्ने गरेको तर  ६ महिनाको कलेज फि पहिला नै बुझाउन पर्ने भएकोले साढे तिनलाख लाग्ने र अरु पैसा जागिर गरेर तिरेपनि हुने बताउनुभयो ।
नेपालबाट विभिन्न कन्सल्टेन्सीहरुले जागिरको ग्यारेन्टी भन्दै सन् २००८/९ मा करिव ५ हजार भन्दा वढीको हाराहारीमा सो देशमा नेपाली विद्यार्थीहरु गएकोले केही समय नेपाली विद्यार्थीहरु समस्यामा परेका थिए । ***
तपाईको प्रतिक्रिया