Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं– विश्व हात धुने दिवस शनिबारदेखि दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हात धोऔं रोगबाट बचौं भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन लागेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक बद्रीबहादुर खड्काले वताउनुभयो ।
दिवस अन्तर्गत नेपालभरका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीहरूमा कार्यरत स्वास्थ्यकर्मी, उपचारका लागि आउने बिरामीलगायत अन्य व्यक्तिहरूले १० दिनसम्म हात धोएर मात्र आ–आफ्नो कार्य सञ्चालन गरिने कार्यक्रम रहेको जनाइएको छ ।
साबुन पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन ‘साबुन पानी हात,  सँधै साथ साथ’ भन्ने लोगो अंकित पम्प्लेट, पर्चा वितरण, वालपेन्टिङ र होर्डिङ बोर्डसमेत ठाउँ ठाउँमा राखिने खड्काले वताउनुभयो ।
यसैबीच राष्ट्रपति डा. रामवरण यादवले ‘विश्व हात धुने दिवसका अवसरमा शुभकामना दिनुभएको छ । ‘सुन्दा सामान्य लाग्ने भए पनि हात धुने बानी नगर्दा हजारौं व्यक्ति खासगरी बालबच्चाले झाडापखाला, श्वासप्रश्वास र अन्य संक्रामक रोग लागेर अकालमै ज्यान गुमाइरहेको’ राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
राष्ट्रपति डा. यादवले नेपालमा ‘हात धोऔं, रोगबाट बचौं’ भन्ने नाराका साथ मनाउन लागिएको विश्व हात धुने दिवसले रोग लाग्नबाट बच्न हात धुनुपर्छ ,भन्ने चेतनाको ज्योति गाउँ तथा सहरका नागरिक सम्म फैलाएको पनि उल्लेख गरिएको छ ।
छडी सुरक्षा दिवस मनाइँदै
सेतो छडी दृष्टिविहीनहरूको सुरक्षाको कडी भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी सेतो छडी सुरक्षा दिवस मनाइँदैछ ।
नेपाल नेत्रहीन संघ र नेपाल अन्धा कल्याण संघले सेतो छडी दृष्टिविहीनहरूको प्रतिक रहेको र संसार भरीनै यसको संरचना एकै प्रकारको हुने भएकाले यसको महत्वलाई सम्झन र सम्झाउनका लागि सो दिवस मनाउन लागेको जनाएको छ ।
सन् १९२१ मा बेलायतका फोटोग्राफर जेम्स विगको सवारी दुर्घटनामा परेर आँखाको ज्योति गुमेपछि हिडडुल गर्न सजिलो होस् भनेर सेतो छडीलाई दर्ता गरिएको हो ।
आँखा नदेख्नेलाई सडकमा सुरक्षित यात्रा गर्न कानुनी अधिकार सुरक्षित रहेको र यसैको महत्वलाई स्थापित गर्नका लागि १९६४ अक्टोबर १५ देखि  सो दिवस मनाउन थालिएको हो ।
सत्रौं  राष्ट्रिय कण्डम दिवस मनाइँदै
‘दोहोरो सुरक्षाका लागि कण्डममा पहुँच बढाऔं’ भन्ने मुल नाराका साथ आज सत्रौं राष्ट्रिय कण्डम दिवस मनाइँदैछ ।
एचआइभी एड्स, यौनरोग, तथा अनिच्छित गर्भ रहनबाट बच्नका लागि राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको आयोजनामा २०५२ देखि हरेक वर्ष विजयादशमी र दीपावलीको बीचको शनिबारका दिन यो दिवस मनाइँदै आएको छ ।
कण्डमको प्रयोगबारे नेपालभर जनचेतना जगाउन सहयोग पुर्‍याउँदै आएका विभिन्न वर्ग र क्षेत्रका प्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि र सरकारी, गैर सरकारी तथा निजी सङ्घसंस्थाले यो दिवसमा ऐक्यबद्धता जनाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया