बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

विदेशी भूमिमा स्वदेशीहरुको पिर, मर्का, दु:ख अनि समस्याहरुको निदान गर्ने उद्देश्यले विशुद्ध, तटस्थकारी, परोपकारी र समाजपयोगी भावले ओतप्रोत भएर स्थापित साझा संस्था एवं साझा चौतारी हो एनआरएन (गैह्र आवसिय नेपाली संघ) यसको कार्यक्षेत्र व्यापक अनि असीमित छ । विदेशी भूमिमा त यसको महिमाको वखान गरेर सकिदैन भने स्वदेशी भूमिमा समेत विभिन्न किसिमका विकास निर्माण र सामाजिक हितको लागि अग्रसर हुने सँस्था हो ।

यो संस्था विगत स्थापना कालदेखि वर्तमानसम्म वामे र्सर्दै आउने क्रममा यसले विभिन्न खाले आरोह-अवरोहहरु पार गर्दै आईरहेको छ । सुनिन्छ र भनिन्छ यसले गर्ने गरेका कार्यहरु समग्रमा तारिफ गर्न लायक पनि थिए र केही छन् पनि । त्यसैले त दिनानुदिन हरेक विदेशी भूमिमा यसको गठन भईरहेको छ । अनि आ-आफ्नो ढंगबाट यो संस्थालाई विश्वासिलो, हितकारी र प्रभावकारी बनाउन भरमग्दुर कोशिश भईरहेका छ । अरु विभिन्न देशका एनआरएनले गर्ने गरेका कार्यहरु खैर जे सुकै होउन् हामी हाम्रो कुरा गरौं ।

कुनै पनि संस्थाहरु आफैंमा कमजोर, अलोकप्रिय र खराब हुदैनन् । त्यसको भविष्य भनेको हाँक्ने व्यक्तिहरुको हातमा भर पर्दछ । संस्थालाई लोकप्रिय बनाउन र आम जनमानसको विचमा पुर्‍याउन बहुत ठूलो त्याग र परिश्रम गर्नुपर्दछ । केवल निश्कलांकेत र स्वच्छ छबि भएका व्यक्तिहरुको कुशल नेतृत्वले नै त्यसको भविष्यको लक्ष्मण रेखा कोर्न सक्छन् न कि आफैंमा कलंक लागेका, आफ्नो घरको नै समस्या हल गर्न नसक्ने विभिन्न किसिमका व्यक्तिगत र सामुहिक समस्याहरुबाट ग्रसित व्यक्तिहरु किमार्थ सो संस्थाको गहन जिम्मेवारी पदमा अटाउन सक्दैनन् । यदि त्यस्तो भयो भने र हुन गयो भने सिंगो संस्थाको नै वेइज्जत भई सो संस्था प्रगतितिर नगई अघोगतिर भासिन पुग्दछ । तसर्थ हामीहरुले यो गौरवमय महाधिवेसनका बेला पूर्व समितिहरुले के कस्ता कार्यहरु गरे, विदेशी भूमिमा रहेका नेपालीहरु माझ घट्ने गरेका र हुने गरेका यावत समस्याहरु के कति हल गरिए, कति निराकरण भए, कति सुनेर र बुझेर पनि बुझ पचाए ती सवैको लेखा जोखा गरिनुपथ्र्यो । हामी नेपालीहरुको समस्या ज्यूका त्यूँ रहने हो भने ति समिति र समितिमा पदासिन व्यक्तिहरुको खिलापमा प्रश्न चिन्ह लाग्न क्छि र सबैले औंला ठड्याउनुपर्ने हुन्छ र भन्नै पर्ने वाध्यता हुन्छ कि यो संस्था किन र कसका लागि ? केवल पदको लागि र कुर्सीको लागि मात्र हो ? भन्ने बेलामा हामी यसो गर्छौ र उसो गर्छौ भन्ने तर काम गर्ने बेलामा भने पछि हट्ने । यस्तो घृणित कार्य कसैलाई पनि स्वीकार्य हुन सक्दैन । तपाई हामी माझ रहेको अहिलेको सबभन्दा ठूलो र टढ्कारो समस्या भनेको काम लगाएर तलब नदिने हो । महिनौ वर्षौसम्म दुःख कष्ट गरेर पसिना बगायो, तलब आउला आफ्नो ऋण तिर्न सकिएला, बालवच्चालाई एकसरो कपडा किनिदिउँला भनेर औंला भाच्यो हातमा लाग्यो शून्य । विदेशको ठाउँमा हरेक महिना तोकिएको समयमा बिल तिर्न नसक्दा त्यसबाट उत्पन्न हुने समस्या के कस्तो हुन्छ, सबैलाई जगजाहेर नै छ, भनिरहनु नपर्ला । ति पींडा र वेदना कहाँ पोख्ने ? साँच्चै यहाँ मलाई डा. सुदिप अधिकारीको जुलाई १९ को अन्तरवार्तामा उल्लेखित “एनआरएनको खोल ओढेर मानव व्यापार गर्न पाईदैन” भन्ने कुरा उल्लेख गर्न सान्दर्भिक ठान्दछु कि यहाँ साच्चिनै मानव तस्कर भएको छ । मानवलाई पशुवत व्यवहार गरिएको छ । यो कुरा एउटा गहन पदमा बसिसकेको व्यक्तिबाट आएको हो । त्यसले यसलाई हल्कारुपमा लिनु हुदैन । साँच्चै यो सत्य तथ्य सहित बाहिर आएको हुनुपर्दछ, अब तपाईहरु भन्नुहोस यो भन्दा निर्दयी, घृणित र लज्जाजनक कुरा के हुन सक्छ ? ति महाशयहरु जसले श्रम शोषण गरिरहेका छन्, तपाई हाम्रो समस्या माथि समस्या थोपरेका छन्, महिनौ, वर्षौसम्म काम गर्दा पनि तलब दिन आनाकानी गरिरहेका छन् । यहाँ यस्ताखाले सबै कार्यहरु मै हुं भन्नेबाट नै भईरहेका छन् जो चाहे केन्द्रिय समितिमा हुन चाहे क्षेत्रिय समितिमा । आफ्नै कार्य क्षेत्र भित्रको समस्या हल गर्न नचाहनेले वाहिरको समस्या हल गर्न सक्छन् भनेर विश्वास कसरी गर्ने ? त्यसो भएको हुनाले हामी सब पीडित प्रवासीहरु उहाँहरुलाई के आग्रह गर्न चाहन्छौ भने यस्ता निन्दनिय र खेदजनक कार्यहरु तुरुन्त समाधान गर्नुहोस्, समय अझै केहि बाँकि छ, एक ठाँउमा बसेर छलफल गरौँ समस्याको समाधान गरौँ यसमा सबैको कल्याण हुन्छ । होईन हामीलाई कमजोर ठानियो भने र समयमा नै यी समस्याको हल गरिएनन् भने यस्ता किसिमका तुच्छ पशुवत व्यवहारले भावी नेतृत्वलाई समेत यसले नराम्रो असर पार्न सक्ने छ ।

अन्तमा, माथिका यावत समस्याहरुलाई मध्यनजर गर्दै हाम्रा यी कलमहरु अन्याय र अत्याचारकौ विरोधमा अझ खरो भएर कालान्तार सम्म चलिरहने कुरा पनि जानकारी गराउन चाहन्छौं ।

तपाईको प्रतिक्रिया