शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

अर्घाखाँची – स्थानीय विकास मन्त्री एवम् माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीबीच गुट र उपगुटको राजनीतिक र व्यक्तिगत स्वार्थ त्यागेर शान्ति र संविधानका कामलाई निष्कर्षमा नपुर्‍याउनुपर्ने बताए । बाबुराम भट्टराई प्रधानमन्त्री जनताको लागि शान्ति र संविधानको पक्षमा उभिएको बेला उपाध्यक्ष मोहन वैद्य पक्षको समुह लगायतले सडकमा गएर सरकारको विरोध गर्नु शान्ति रसंविधानको विरोधी भएको आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने, यो सरकारले शान्ति र संविधानका काम पुरा गरेरै छाड्छ । उनले सरकारको विरोध गर्नुको कुनै अर्थ र औचित्य नभएको बताए ।

शान्ति प्रक्रिया र संविधान लेखनका काम पुरा गर्न राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन, रायमाझीले भने, ‘काँग्रेस, एमालेपनि सरकारमा सहभागी नभई खुसै छैन ।’ उनले शान्ति प्रक्रिया र संविधान लेखनका काम पुरा गर्न सरकारले तीव्र रुपमा काम अगाडी बढाएको बताउँदै सरकारले केही दिनभित्रै संविधानको खाका बाहिर ल्याउने तयारी गरेको बताए ।

रायमाझीले लुम्बिनी–सालझण्डी–सन्धिखर्क हुँदै ढोरपाटनसम्म पुग्ने सडक निर्माण कार्य जारी रहेको र पोखरा–रिडी–सुर्खेत सडक निर्माणको काम तत्काल शुरु हुने बताउँदै यसले पश्चिमी क्षेत्रका पहाडी जिल्लाहरुको प्रमुख नाका अर्घाखाँची बन्ने भएकाले यसले सबैलाई ठुलो फाईदा पुग्ने बताउँदै सदरमुकाम नजिकै पर्ने अर्घा गाविसको धरमपानीमा विमानस्थल बनाउन पहलभैरहेको बताए ।

उनले जिल्लाको विकास निर्माणमा सबैले सहयोग गर्न आग्रह गर्दै अर्घाखाँचीलाई विकास निर्माणमा कायापलट बनाउने बताउँदै १० वर्षभित्रमा देशका ७५ जिल्लामध्ये अर्घाखाँचीलाई नमुना जिल्ला बनाउन आफु नयाँ रणनीति र कार्ययोजनाका साथ लागेको बताए ।

तपाईको प्रतिक्रिया