Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ३०, २०८१
Friday, March 14, 2025

काठमाडौँ – एकीकृत नेकपा माओवादीभित्र देखिएको विवाद तत्कालका लागि हल भएको छ । माओवादी शीर्ष नेताहरु विवाद समाधानमा क्रियाशील रहने सहमतिपछि माओवादी भित्र देखिएको विवाद तत्कालका लागि हल भएको हो ।

शीर्ष नेताहरुको सहमतिपछि माओवादी केन्द्रीय प्रशिक्षण भेला पनि स्थगित भएको छ । बिहान बसेको पदाधिकारी बैठकले तत्काल गर्ने भनिएको केन्द्रीय प्रशिक्षण भेला स्थगित गर्ने र कार्तिक १७ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने तय गरेको छ । त्यस्तै बैठकले केन्द्रीय समितिले केन्द्रीय प्रशिक्षण वा त्यस्तै केन्द्रीय कार्यक्रम तय गरेर छलफल नहुँदासम्म कुनै प्रकारको अभिव्यक्ति तथा गतिविधि गर्न नेताहरु तथा विचार समूहलाई रोक लगाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले केन्द्रीय नेताहरुबीच आउँदो १७ गतेसम्म छलफल गरेर नयाँ कार्यक्रम सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो दिनभर आफू निकट र वैद्य पक्षधरसँग छलफल गरेर पार्टी विवाद हल गर्न नयाँ प्रस्ताव ल्याउनु भएको हो । त्यस्तै माओवादी पदाधिकारी बैठकले नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तथा जिल्लास्तरमा तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया