Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – सन् १९९७ मा टेप्कोकी महिला कर्मचारीको ज्यान मारेको अभियोगमा जन्मकैद सजाय पाएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीको मुद्धामा पुनः सुनुवाइ भएको छ ।

पछिल्लो सुनुवाइमा ज्यान मृतकको स्तनमा पाइएको र्‍यालको नमूना परीक्षण गर्दा ओ समूहको पाइएको छ । जुन मैनालीकोभन्दा भिन्न रहेको प्रमाणित भएको छ ।

प्रतिवादीले मैनाली निर्दोष सावित गर्न पुनः सुनवाइ होस् भनेर मुद्धा हालेपछि टोकियोको उच्च अदालतले मैनालीको डीएनए परीक्षण मागेको थियो । प्रतिवादीले ४० वता नयाँ तथ्यहरु खोल्ने बताएको छ । जुन पहिले सार्वजनिक गरिएको थियो । टोकयो उच्च अदालतले पुनः सुनवाइको विषयमा नयाँ डीएनए रिपोर्ट पाउने वित्तिकै सुरु हुने बताएको छ ।

गोविन्दको भिषा सकिएको र उनी अवैद्यरुपमा एक भारतीय रेस्टुरेन्टमा काम गरेर बसेकैबेला हत्या घटना भएको थियो । एक जापानी पत्रिकाका अनुसार मृतक महिला दोहोरो काम गर्थिन् । टेप्को कम्पनी र बेस्याबृत्तिको काम गर्ने गरेको उक्त पत्रिकाले लेखेको छ ।

टोकियो जिल्ला अदालतमा गोविन्दले आफू निर्दोष रहेको बयान दिएका थिए । टोकियो जिल्ला अदालतका न्यायाधीशले पनि उनी निर्दोष रहेको भन्दै मुद्धा पुनःविचारका लागि उच्च अदालतमा पठाएका थिए ।

तर सन् २००३ मा टोकियो उच्च अदालतले गोविन्दलाई दोषि ठहर्‍यायो ।

तपाईको प्रतिक्रिया