Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

टोकियो – जापानी महिला हत्यामा सन् १९९७ देखि जेलमा रहेका नेपाली नागरिक गोविन्दप्रसाद मैनाली निर्दोष देखिएका छन् । उनले हत्या गरिएकी महिलाको शरीरबाट परीक्षणका लागि निकालिएको बिर्य र रौं फरक देखिएपछि उनी निर्दोष हुन सक्ने प्रमाणहरु पाइएका छन् ।

सन् १९९७ मार्च १९ मा मृत भेटिएकी यौनकर्मी यासुको वातानावेको हत्या अभियोगमा मुछिएका मैनालीको हालै भएको डीएनए परीक्षणमा नतिजा उल्टो आएको हो ।

‘वातानावेको शररिमा भेटिएको रौं र कन्डममा रहेको वीर्यको नमुना परीक्षणमा मैनालीको डीएनए नमिलेको पाइएको छ ।’

गोविन्दलाई न्याय दिलाउन गठन भएको नागरिक समुहका एक सदस्य तोयोहिसा आजुमाका अनुसार मैनालीको डीएनए परीक्षण शुक्रबार मात्रै सम्बद्ध नौ जना वकिलहरुलाई वितरण गरिएको छ । वकिललाई बुझाइएको रिपोर्टमाथि अध्ययन गरेर केही सातामा मैनालीको न्यायिक स्थितिबारे स्पष्ट हुने जानकारी दिए । मैनाली निर्दोष रहेकोबारे सञ्चारमाध्यममा आएका समाचारको आधिकारिकता बुझ्ने काम भयरहेको परराष्ट्र सचिव मदनकुमार भट्टराईले बताए ।

४४ वर्षीय मैनालीलाई १४ वर्षदेखि योकोहामास्थित कारागारमा राखिएको छ । मैनालीका श्रीमति र दुई छोरी छन् ।

जापानी कानुनअनुसार मैनाली निर्दोष रहे उनले क्षतिपूर्ति पाउने छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया