
बिशेषताहरु
अटोमोबाइल प्राबिधिक कोर्ष
डिग्री र योग्यताको प्रमाण-पत्र (सिखाकु) दुबै प्राप्त गर्न सकिने छ । ब्यवहारिक तथा प्राबिधिक शिक्षालाई सन्तुलन मिलाएर तय गरिएको कोर्ष भएकोले स्नातक स्तरको डिग्रीका साथै राष्ट्रिय योग्यताको प्रमाण-पत्र एकैसाथ प्राप्त गर्न सकिने छ
बिध्युतिय नियन्त्रण कोर्ष
गाडी सम्बन्धि बिध्युतिय नियन्त्रण तथा मेकरको बारेमा सन्तुलित रुपमा अध्ययन गरी सो सम्बन्धी सीपको स्तर बृद्धि गर्दै सो बिषयको इन्जिनियर बन्न सकिने छ । बिध्युतिय प्रणालीको एक ढिक्काको रुपमा रहेको गाडीको पछिल्लो प्रबिधी सिक्नुका साथै इलेक्ट्रोनोक ईन्जिनियरिंग, इलेक्ट्रिकल ईन्जिनियरिंग लगायतका ईन्जिनियरिंग बिषयमा अध्ययन गर्न सकिने छ ।
भबिष्यको बाटो
अटोमोबाइल प्राबिधिकको रुपमा बिभिन्न गाडी कम्पनीहरुका फ़्याक्ट्रीमा काम गर्नुका साथै राष्ट्रिय योग्यताको प्रमाण-पत्रलाई सहि उपयोग गर्दै अन्य किसिमका बिभिन्न कम्पनीहरुमा काम गर्न सकिने छ । यस कलेजका बिध्यार्थीहरुले हरेक बर्ष उच्च दरमा जागिर पाइरहेका छन । सन २०१५ र २०१६ मा उतिर्ण हुनेहरु १०० प्रतिशत जागिर पाउन सफ़ल भएका छन, बिशेष गरी, टोयोटा, निस्सान, माज्दा, मित्सुबिसी, होण्डा, सुजुकी, दाइहाचु, सुबारु, भोल्क्स वागेन, बिएमडब्ल्यु कम्पनीका जापान भरी रहेका डिलर तथा उत्पादन केन्द्रमा जागीर पाएका छन ।
पढाई शुल्क आदि
बिध्यार्थीहरुलाई अध्ययनको लागि सहज हुने छात्रबृती प्रणाली लागु गरिएको छ । (यसको बारेमा छुट सम्बन्धी तालिका हेर्नुहोस)
यो प्रणालीलाई उपयोग गर्दै सन २०१७ अप्रिलबाट चीन, मंगोल भियतनाम लगायतका बिध्यार्थीहरु १० जना प्रबेश गर्नेछन ।
प्रबेश परिक्षा प्रणाली
बिदेशी बिध्यार्थीहरुको लागि बिशेष प्रबेश परिक्षा प्रणाली लागु गरिएको छ ।
बिदेशी बिध्यार्थी फ़ारम भर्ने समय | परिक्षा मिति | नतिजा प्रकाशन | भर्ना प्रकृया | शुल्क भुक्तानी म्याद |
①2016.11/22~12/6 | 2016.12/11 | 2016.12/14 | 12/15~1/5 | 2017.2/28 |
②2017.1/17~1/31 | 2017.2/5 | 2017.2/8 | 2/9~2/23 |
प्रबेश परिक्षाको प्रकार | आवश्यक संख्या | छनौट बिधी | |
बिशेष छनौट प्रबेश परिक्षा | बिदेशी बिध्यार्थी | केहि | अन्तरबार्ता, बिषयगत परिक्षा (गणित, भौतिक शास्त्र, जापानी भाषा आदिको संयुक्त प्रश्नपत्र), शैक्षिक प्रमाण-पत्र तथा बायोडाटाको संयुक्त मुल्यांकन |
फ़ारम भर्दा आवश्यक कागजातहरु
बिदेशी बिध्यार्थीको लागि पेश गर्नुपर्ने कागजातहरु (हरेकको १ प्रति) | बिवरण | |
① | भर्ना आवेदन फ़ारमAर परिक्षा कार्डB | कलेजले तोके बमोजिम। भर्ना अवेदन फ़ारम र परिक्षा कार्डमा जापानको ठेगाना लेख्नुहोस । |
② | पास गरेको स्कुलको शैक्षिक प्रमाण-पत्र/लब्धांक पत्र
खामबन्दी |
सम्बन्धित स्कुलको प्रमुखले प्रमाणित गरेको पछिल्लो शैक्षिक शत्र लगायत ३ बर्षको लब्धांक पत्र (जापानी वा अंग्रेजी भाषामा) अनिबार्य रुपमा पेश गर्नुहोस ।
पछिल्लो योग्यता उच्च शिक्षा तथा स्नातक स्तर (जापानको कलेज) भएको खण्डमा सो सहित त्यस अघिको माध्यामिक स्तरको लब्धांक पत्र पनि पेश गर्नुहोस । |
③ | पासगरेको स्कुलको शैक्षिक प्रमाण पत्र अथवा पास हुने सम्भाबना भएको प्रमाण पत्र
खामबन्दी |
सम्बन्धित स्कुलको प्रमुखले प्रमाणित गरेको (जापानी वा अंग्रेजी भाषामा) अनिबार्य रुपमा पेश गर्नुहोस ।
उतिर्ण प्रमाण-पत्रको प्रतिलिपी भए सम्बन्धित स्कुलबाट प्रमाणीत गरेको हुनु पर्नेछ । |
④ | कलेज भर्ना हुने योग्यता प्रमाणित गर्ने कागजात | सक्कल अथवा प्रतिलिपी पेश गर्नुहोस ।
तर, माथी ③ मा उल्लेख गरिएको उतिर्ण प्रमाण-पत्र नै कलेज भर्ना हुने योग्यताको रुपमा प्रयोग गरिने राष्ट्रका बिध्यार्थीको लागि बुझाउन आवश्यक छैन । |
⑤ | आवासिय प्रमाण-पत्र (ज्युमिनह्यो) | भिसाको प्रकार तथा अवधी उल्लेख गरिएको र आफ़ु बस्ने सम्बन्धित नगरपालिकाले जारी गरेको कागज पेश गर्नुहोस । |
⑥ | बायोडाटा (रिरेकिस्यो) | प्राथमिक बिध्यालय देखि पछिल्लो शैक्षिक योग्यता सम्मको शैक्षिक ईतिहास, यस कलेज भर्ना हुन चाहनुको कारण, काम गरिरहनु भएको छ भने कामको बिवरण पनि जापानी भाषामा लेख्नुहोस । यसको फ़र्म्याट तोकिएको छैन । कालो डट्पेन प्रयोग गरी हस्तलिखित बायोडाटा पेश गर्नुहोस । |
⑦ | स्वास्थ्य परिक्षण प्रमाण-पत्र
खामबन्दी |
यस कलेजले तोके बमोजिमको फ़ारममा
स्वास्थ्य केन्द्र, अस्पताल लगायतका स्वास्थ्य निकायले प्रमाणित गरेको ३ महिना भित्रको प्रमाण-पत्र खामबन्दी अवस्थामा पेश गर्नुहोस । |
⑧ | बिदेशी बिध्यार्थीको लागि शुल्क छुटको आवेदन फ़ारम । | यस कलेजले तोके बमोजिमको फ़ारममा
कलेज शुल्क छुट लिन चाहेमा मात्र पेश गर्नुहोस । |
पार्टटाइम काम
अध्यागमन बिभागबाट अनुमती लिएर हप्तामा २८ घण्टासम्म पार्टटाइम काम गर्न सकिने छ ।
कलेज शुल्कको विवरण
सम्पर्क
नाम | 新潟工業短期大学 NIIGATA COLLEGE OF TECHNOLOGY |
ठेगाना | 950-2076 新潟県新潟市西区上新栄町5-13-7
5-13-7 Kamishinei-cho, Nishi-Ku, Nigata-shi, Nigata (950-2076) |
फ़ोन नं | 0120-34-1124 (Free Dial)*जापानी भाषामा मात्र कुरा गर्न सकिने |
ई-मेल | [email protected] |
होमपेज | http://www.niigata-ct.ac.jp |