उम्मेदवारी दिनको लागि तल उल्लेखित नियमहरु पालना गर्नु पर्नेछ ।

  • अध्यक्षको हकमा
    – कमसेकम २ कार्यकाल यस संस्थाको कोषाध्यक्ष वा सो भन्दा माथिको पदमा रहेर जिम्मेवारी पूर्वक आफ्नो काम गरेको हुनु पर्नेछ ।
    – २ वा सो भन्दा बढी कार्यसमितिको बैठकमा विना जानकारी अनुपस्थित रहेकाको उम्मेदवारी खारेज गरिनेछ ।
  • उपाध्यक्ष, सचिव, स-सचिव, कोषाध्यक्षको हकमा
    -यस संस्थाको १ कार्यसमितिमा पूर्ण रुपमा सदस्य तथा त्यो भन्दा माथिको पदमा रहेर जिम्मेवारी पूर्वक आफ्नो काम गरेको हुनु पर्नेछ ।
    – २ वा सो भन्दा बढी कार्यसमितिको बैठकमा विना जानकारी अनुपस्थित रहेकाको उम्मेदवारी खारेज गरिनेछ ।
  • सदस्यको हकमा
    – संस्थाको हक हितको लागि साथै संस्थालाई आफुले केहि दिन सक्छु भन्ने साथीहरुले उम्मेदवारी दिन सक्नु हुनेछ ।

उम्मेदवारी दर्ता प्रक्रिया
उम्मेदवारी दर्ता गर्न चाहनु हुने व्यक्तिले निर्बाचन कमिटिका सदस्यहरु लाई इ-मेल मार्फत नाम, उम्मेदवारी दिन चाहेको पद र आफ्नो विचार लेखि पठाउनु हुन अनुरोध गर्दछौ ।

निर्वाचन कमिटी
भरत गौतम : [email protected]
मोति श्रेष्ठ : [email protected]
*कृपया, फोन तथा SMS मार्फत दिइएको जानकारीको आधारमा उम्मेदवारी दर्ता हुने छैन ।

उम्मेदवारी दिने समय सीमा
२०१५/४/१७ शुक्रबार बाट २०१५/४/२१ मंगलबार साँझ ५ बजे सम्म ।

उम्मेदवारीको नाम प्रकाशन
२०१५/४/२१/ साँझ साँझ ७ पछि

उम्मेदवारी फिर्ता लिने समय सीमा
२०१५/४/२२ बुधबार बाट २०१५/४/२३ बिहिबार साँझ ५ बजेसम्म

अन्तिम नामावली प्रकाशन
२०१५/४/२३ बिहिबार साँझ ७ बजेपछि

नोटः उम्मेदवारी दिने व्यक्तिले २०१५/४/२१ मंगलबार साँझ १७:०० बजे सम्म उम्मेदवारी शुल्क तल उल्लेखित यस संस्थाको खातामा जम्मा गराई सक्नु पर्नेछ । यदि उक्त समय सम्म उम्मेदवारी शुल्क खातामा जम्मा नभएको अवस्थामा उम्मेदवारी स्वत खारेज हुनेछ त्यसको जिम्मेवार आफुनै जानकारी गराउँछाैं ।

हुलाक बैंक खाता
17450 -54701731
福岡・ネパールソサエティ
फुकुओका नेपाल सोसाइटी निर्वाचन कमिटी