टोकियो – मातृभूमिका लागि युवा अभियान-जापानले संस्था गठन भएको एक वर्ष पुरा गरेको अवसरमा चितवनको लोथर गाविसको खनमा छात्रावास निर्माणको लागि ५१,१५१ रुपैयाँ लक्ष्मी प्रतिष्ठान मार्फत सहयोग प्रदान गरेको छ ।

उक्त रकम मातृभूमिका लागि युवा अभियानका एसिया प्यासिफिक संयोजक अनुज थापाले हस्तान्तरण गर्नुभएको हो ।

विगतका दिनहरुमा पनि सहयोग कार्यक्रमहरु गर्दै आएको जानकारी दिदै हाल नेपालीहरुमा बढ्दै गएको मानसिक समस्याहरुलाई ध्यान दिदै आगामी महिना मनोवैज्ञानिक डाक्टरको साथमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जापान शाखाका अध्यक्ष सुजन पन्त बताउनुहुन्छ ।