काठमाडौं – काठमाडौँको कपनमा चक्कु प्रहार गरी एक युवतीको हत्या भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको हत्या भएको हो ।

घाँटी र शरीरका अन्य भागमा भएको चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घटनाबारे हालसम्म केही नखुलेको र यसबार अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।