आफैले बनाउनुहोस आफ्नो कम्प्युटर। आफ्नो साथी जस्तै हरेक दिन प्रयोग गर्नुपर्ने कम्प्युटरलाई आफैले बनाउदा एउटा भावनात्मक सम्बन्ध पनि कायम हुन्छ। हजुर हामी सबैले कुनै न कुनै समयमा आफ्नो कम्प्युटर हयांग भएर अथवा पुरानो भएर नया कम्प्युटर किन्ने सोचेका हुन्छौ। सधै जसो पसलमा हामी कम्प्युटर किन्नु जादा हाम्रो बजेटले धान्ने रकम भित्र राम्रो नया कम्प्युटर आउदैन र पुरानो किनौ भने बिग्रिहाल्छकि भनेर डराउनु पर्ने इस्थिती हुन्छ।
यस्तो समयमा सबै भन्दा राम्रो उपाय भनेको आफैले कम्प्युटरका विभिन्न पार्टहरु किनेर आफै जोड्नुनै हो। यसो गर्दा तपाइले बजारमा बेचिने कम्प्युटरको आधा मुल्यमा नया कम्प्युटर जोड्न सक्नु हुन्छ। यदि तपाइलाई आफु त्यस्तो जोड्ने काममा सक्षयम छुइन जस्तो लाग्छ भने चिन्ता नगर्नुहोस् युट्युबमा सोबिषयमा तपाइको लागि हजारौ भिडियोहरु छन्। कम्प्युटर जोड्नु त्यति गाह्रो काम पनि हैन किन भने कम्प्युटर का सबै पार्टहरु आफ्नो आफ्नो ठाउमा मात्र फिट हुने गरेर बनाइएको हुन्छ। धेरै जस्तो कम्प्युटर पार्टहरुमा कम्पनीबाटनै म्यानुअल सहित लेबलिंग समेत गरेर पठाएका हुन्छन।
कम्प्युटर बनाउनु अघि आफुलाई कुन कार्यको लागि कम्प्युटर आवस्यक परेको हो त्यो स्पस्ट हुनु पर्दछ त्यसपछि मात्र कुन कुन पार्टहरु जडान गर्ने छिनोफानो गर्न सजिलो हुन्छ।
बिसेशत कम्प्युटरका दुई किसिमका सेटअपहरु प्रचलनमा छन् ; गेमिंग र क्रियेटर कम्प्युटर विल्ड। नामबाट पनि बुझ्न सकिन्छ कि एउटा कम्प्युटर गेम खेल्नु को लागि हो भने अर्को चाही अफिस अथवा काम गर्नु को लागि हो भनेर ।
गेमिंग कम्प्युटर ग्राफिक्स कार्ड मा भरि पर्दछ भने क्रियेटर कम्प्युटर चाही प्रोसेसरमा भारी पर्दछ , यही कुरा हरुलाई मध्यनजर गर्दै यस्को आसपासमा रहेर अरु पार्ट हरु छनोट गर्नु पर्छ। पार्ट छनोट कार्यमा बजेट ले पनि ठुलो भूमिका खेले गर्छ। कम्प्युटर पार्ट को क्षेत्रमा पनि ब्रान्ड भ्यालु को उतिनै चालखेल हुन्छ तर ब्रान्ड को पछि लाग्नु सट्टा पार्टको कार्य छेमतामा ध्यान दिनु आवस्यक छ।
आजको समयमा Intel र Amd भन्ने दुइ किसिमका प्रोसेसर प्रचलनमा छन् । Amd सस्तो भएता पनि उतिनै कर्यछ्यमता भएको कारण मैले तपाईहरुको लागि तल एउटा क्रियेटर अथवा बलियो अफिस कम्प्युटर विल्ड का लागि आवस्यक पार्टहरुको लिस्ट तयार परेको छु।
१. मनिटर | More Details | |
२. प्रोसेसर | More Details | |
More Details | ||
| More Details | |
५. हार्ड डिस्क | More Details | |
More Details | ||
७. wifi | ||
८. ग्राफिक्स कार्ड | More Details | |
More Details | ||
१०. आदि | थप फ्यान, केबल। |