शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – विगतका तिजहरुमा पनि राम्रा राम्रा तीज गीत बजारमा ल्याएर दर्शक र श्रोताको मन जित्न सफल गायिका सिर्जु अधिकारीले यसवर्ष पनि दर्शक श्रोताको मनमस्तिष्कमा बस्ने तीजको कोशेली बजारमा ल्याएकी छिन् ।

नेपाली तीज गीतका पारखीहरुका लागि अधिकारीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्वजनिक भएको हो । ‘‘बरिलै नाँच्छु छम्म छम्म’’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो । तीजका गीतहरुमा छाडा शब्दले जरा गाड्दै गैरहेको यो समयमा गायिका सिर्जुले सभ्य शब्द र टिपिकल मा पनि नयापन रहेको तीज गीत बजारमा ल्याएकी हुन् ।

कुशल संगीतकार समेत रहेकी गायिका सिर्जुले उक्त तीज गीतमा शब्दसँगै संगित पनि आफैँ भरेकी छिन् । शंकर बि सीको निर्देशनमा तयार भएको भिडियोमा सिर्जु अधिकारीको अभिनय रहेको छ ।  हमाल म्युजिकको प्रस्तुतिमा बनेको तीज गीत राजेश घिमिरेले खिचेका हुन् ।

गीतको भिडियो हेर्नुहोस् : 

 


तपाईको प्रतिक्रिया