बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । यसपटकको प्रणय दिवस लक्षित गरी सार्वजनिक गरिएको यस गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।

सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ । उक्त हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन् । आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन् यो कथा भिडियोमा देख्न सकिन्छ । शिब परियारको ‘हल्ला हल्लामै माया’ बोलको गीतमा पल र आँचलको अभिनय रहेको छ ।

‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।


तपाईको प्रतिक्रिया