शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अहिलेका चर्चित युवा निर्देशक बिकाश सुबेदीको निर्देशनमा निर्माण भएको नयाँ गीत छुकछुके रेलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

एस आर एस इन्टरटेन्मेंटको ब्यानरमा निर्माण भएको गीतमा गायिका रमिला ज्ञानग्मी थापाको आवाज, धनु ज्ञानग्मीको संगीत तथा डीपी खनालको शब्द रहेको छ ।

भिडियोमा भारतीय रियालिटी सो डान्स इन्डिया डान्सका प्रतियोगी सुनिल छेत्री तथा उनको ‘नेपाली ठीटोज टिम’को उत्कृष्ट नृत्य देख्न सकिन्छ । सुनिलसँगै अहिलेकी चर्चीत तथा हट मोडेल माला लिम्बुको नृत्य तथा अभिनय रहेको छ ।

बलिउडमा समेत आफ्नो प्रतिभा देखाई सकेका सुनिल आफ्नै देशमा पनि प्रतिभा देखाउने सोचमा छन् ।

हेर्नुहोस् भिडियो


तपाईको प्रतिक्रिया