शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सुमधुर स्वरकी धनी गायिका सुनिता राइको आवाजमा ’रङगीन संसार ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नगेन्द्र सुवेदीको शब्द भुगोल दाहालको संगीत तथा रोमी बस्नेतको एरेन्ज रहेको उक्त गीतको भिडियो संचारकर्मी अग्नी भट्टराइले निर्देशन गरेका हुन ।

यो गीतमा मिस एभरेस्ट आंकक्षा भट्टराई, भुवन श्रेष्ठ र अबिनाश दोङ को अभिनय रहेको छ भने कोरियोग्राफी सागर केसी, छायांकन ज्ञानेन्द्र शर्मा, भिडियो एडिटिङ अर्जुन पोखरेलले गरेका छन् ।

नेप्टुयुन तथा पिक स्टुडियोमा रेकर्ड भएको उक्त गीतको बजार व्वस्थापन तथा प्रवर्दन भने प्रेस्टिज मिडियाले गरेको छ ।


तपाईको प्रतिक्रिया