शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – नेपाली हिन्दु नारीहरुको महान पर्व हरीतालिका तीजको अवसर पारेर कलाकार सञ्जु थापा मगरले बिशुद्ध तीजको गीत लजाउने मायाँ बजारमा ल्याउनुभएको छ । हाल तिज गीतमा आएका विकृत र विसंगतीले तिजको महत्व नै संकटमा परेको समयमा थापाले बिशुद्ध तीजको लयमा पुरानो तिजको सम्झना गराउने गीत ल्याउनुभएको हो ।

ग्यालेक्सी म्यूजिक प्रालिको प्रस्तुतीमा लोकप्रिय कलाकार प्रसाद खप्तरी मगरको लय र शब्दमा सञ्जु थापाले ल्याएको यो गीतमा गाउँघरको चलनचल्तीका शब्द रहेका छन् । उहाँलाई पु्रूष स्वरमा साथ प्रसाद खप्तरी मगरले दिनुभएको छ ।

गीतको भिडियो पनि उस्तै सभ्य रहेको छ । पोखरामा सुटिङ्ग गरिएको यस गीतको भिडियो पनि मौलिक किसिमको रहेको छ । राहुल र राखीको अभिनय रहेको यो गीतको निर्देशन भने राहुल थापाले गर्नुभएको छ । पोखरेली चेलीहरु छमछमी नाचेको भिडियोको छायांकन दुर्गा पौडेलले गर्नुभएको छ ।

हेर्नुस लोकप्रिय कलाकार प्रसाद खप्तरीको लय र शद रहेको तीजको कोशेली लजाउने मायाँ – भिडियो


तपाईको प्रतिक्रिया