बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

टोकियो- बिगत केही समयदेखि जापानमा रहँदै अाएका गायक श्याम शितलले आफ्नो पछिल्लो लोक दोहोरी गीत ‘मुटु चिरा भो’ सार्वजनिक गरेका छन । केही समय अघि मात्र सार्वजनिक भएकाे ‘परदेसी’ नामक अधुनिक गीतको चर्चा सेलाउन नपाउदै अर्को लोक दोहोरी गीत यूट्यूब मार्फत सार्वजनिक गरेका हुन । दोहोरी तथा अधुनिक गीतलाई उत्तिकै न्याय पुर्याएर गाउन सक्ने गायक शितलको पहिले पनि धेरै अधुनिक तथा दोहोरी गीतहरु लोकप्रिय बनेका थिए । जापानकाे व्यस्तताकाे वावजुद पनि आफ्नो सांगीतिक क्षेत्रलाई निरन्तरता  दिदै अाएका शितलकाे यस गीतमा गायिका देवि घर्तिको साथ रहेकाे छ । कजिबाबु अर्यालको शब्द लाल कुमार बरालको लय रहेको यस गीतमा चर्चामा रहेकी मोडल सारीका के सी, हरि श्रेष्ठ र भुवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियाेमा दुर्गा पौडेलको निर्देशन तथा छायांकन र प्रबिण भट्टको सम्पादन रहेकाे छ । ***


तपाईको प्रतिक्रिया