शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – काकरीको फूलै फुल्यो आँगनीको ढिलैमा सधैँभरी राखे आमा तिम्रो दिलैमा किन छेक्छस् मेरै माईती रम्मढम्म बादलु फाटि दे बादलु हेर्छु म माईतीको देश यस्तै मौलिक शब्दमा सजिएको तिजको भाका माइतीको देश बजारमा आएको छ ।

Maetiko-Desh

हरि विष्टको सृजनामा सजिएको यस गीतमा सुमधुर स्वरका धनी गायिकाद्धय देवी घर्ति मगर र टिका पुनले स्वरवद्ध गर्नुभएको छ । रश्मी तामाङ र दिपासा विसीले अभिनय गरेको यस म्युजिक भिडियोको शङ्कर विसीले निर्देशन गर्नुभएको छ ।

गंगामाला फिल्मबाट बजारमा आएको यस गीतले यु–टुवमा रेकर्ड बनाएको छ । अघिल्लो तिजमा पनि मौलिक तिज गीत बजारमा ल्याएर अर्वाड समेत हात पारिसक्नुभएको छ । रत्तौली पाराका तिज गीत बजारमा आइरहेका बेला यो गीतले भने वास्तविक तिज गीतको भाव दिएको दर्शक श्रोताले प्रतिक्रिया दिएका छन् ।


तपाईको प्रतिक्रिया