शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

नेपाल फेस्टिवल-२०१४ हिजो मात्रै भव्यताका साथ सफल भएको छ । फेस्टिवलमा नेपालीहरू मात्रै नभइ जापानीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । शनिवार र आइतवार दुइदिन धोको फेरेर  मेला भर्न आएकाहरू पञ्चेवाजामा नाचे, गाए अनि रमाए । देउराली पञ्चेवाजा समूहले अतिथिहरूको आगमनदेखि लिएर कार्यक्रमको विचविचमा समेत वाजाका प्रश्तुतिहरू राखेका थिए । हालैका दिनहरूमा नेपालबाटै लोप हुँदै गइरहेको पञ्चेवाजाको संरक्षणमा लागि परेका छन् देउराली पञ्चेवाजाका संयोजक महेन्द्र वानिया । जापानमा पञ्चेवाजा अभ्यास गर्ने ठाउँको निकै अभाव रहेको तर पनि हरेक कार्यक्रमहरूमा पञ्चेवाजाको माग बढिरहेकोले आफूलाइ वाजाको संरक्षणमा हाैसला मिलेको बताउँछन्  संयोजक वानिया । त्यति मात्र नभइ जापानजस्तो व्यस्त दैनिकी रहेको ठाउँमा ‘वाजा वजाउनेहरूलाइ एकै ठाउँमा समय मिलाएर भेला पार्न नै मुस्किल छ तर पनि जापानवासी नेपालीहरूले देखाउनु भएको पञ्चेवाजाप्रतिको मोह र सदभावलाइ हामी निरूत्साहित पार्न चाहँदैनाै’-वानियाले वास्तविकता बताए ।***


Notice: Undefined index: v in /home/samu/public_html/wp-content/themes/samudra-pari/single-video-news.php on line 58

तपाईको प्रतिक्रिया