बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – नव गायक शंकर ढकालले तीज गीत सार्वजनिक गरेका छन् । ढकालले आफ्नै शब्द, लय तथा स्वरमा ‘मेरी माया साह्रै नै राम्री छिन्’ सार्वजनिक गरेका हुन् । dhakal

लोकगीत तथा तीज गीतका गायक उत्पादनको थलो मानिने स्याङ्जाका ढकालले आफ्नो पहिलो गीत दर्शकसामु ल्याएका हुन् । सार्वजनिक गीतमा ढकाललाई देवीका थपलियाले स्वरमा साथ दिएकी छिन् । गीतका आफ्ना मायालाई हरेक किसिमबाट तारिफ गरिएको छ ।

आफूले पहिलो पटक सार्वजनिक गरेको तीज गीत दर्शक श्रोताले मन पराउनेमा गायक ढकाल आशाबादी देखिन्छन् । गीतको भिडियोमा पछिल्लो समय लोकगीत क्षेत्रमा रुचाईएका मोडल नारायण ढकाल र रश्मी तामाङलाई देख्न सकिन्छ ।

भिडियोलाई राजिव वलामीले निर्देशन गरेका हुन् भने बिरेन्द्र भट्टले छायाङकन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


तपाईको प्रतिक्रिया