बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – दाङका थारु समुदायको जनजीवनलाई आधार बनाएर तयार पारिएको नेपाली कथानक चलचित्र ‘झुम्की’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ ।अपिल विष्टले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘झुम्की’मा द्वन्द्वकालीन समयको एउटा पाटोलाई समेटिएको छ ।

daya

तत्कालीन नेकपा माओवादीले युद्धविराम गरेको समयलाई समेटिएको ‘झुम्की’ नारीप्रधान चलचित्र भएको निर्माण पक्षले जनाएको छ । सिनेमा आर्टस्को प्रस्तुति रहेको यस चलचित्रमा निर्देशक विष्टकै लगानीे छ । विष्टले यसअघि ‘दासढुङ्गा’ र ‘ऋतु’ जस्ता चलचित्र निर्माण गरिसक्नुभएको छ ।

स्थानीय थारु भाषासमेत प्रयोग गरिएको ‘झुम्की’को कथा रामबाबु गुरुङले लेख्नुभएको हो । चलचित्रमा रिश्मा गुरुङ, दयाहाङ राई, मनोज आरसी, भोलाराज सापकोटा, विजय बराल, प्रमोद अग्रहरी, मलिना जोशी, निश्चल बस्नेत, विजय बराल, सुष्मिता कार्की, प्रेमबहादुर खड्कालगायतले अभिनय गरेका छन् । रिश्मा चलचित्र ‘कबड्डी कबड्डी’की नायिका हुनुहुन्छ । उहाँले चलचित्र ‘झुम्की’मा मुख्य पात्र झुम्कीकै भूमिका निर्बाह गर्नुभएको छ ।

चलचित्रमा कालीप्रसाद बाँस्कोटा र हेमन्त रानाको सङ्गीत रहेको छ । चलचित्रबाट आशावादी रहेका निर्देशक विष्टले ‘झुम्की’ले सामाजिक यथार्थता रहस्यहात्मक ढङ्गले देखाएको बताउँदै यसबाट दर्शकले पूर्ण मनोरञ्जन लिने बताउनुभयो ।

कान्छी महिला निर्देशकको ‘तँ म र उ’

युवा महिला निर्देशक लछु गौतमले निर्देशन गरेको पहिलो नेपाली कथानक चलचित्र ‘त म र उ’को प्रोमो आज सार्वजनिक भएको छ । यहाँ आयोजित कार्यक्रममा चलचित्रको प्रोमोसहित दुई वटा गीतसमेत सार्वजनिक गरियो । जसमा शीर्ष गीत ‘त म र उ’ र ‘आज मेरो घरमा आउने’ थिए । चलचित्रमा जम्मा पाँच गीत समावेश छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त चलचित्र आगामी मङसिर १७ गते देशभर प्रदर्शन गरिने भएको छ ।

हालसम्म नेपालमा आठ महिला निर्देशकले चलचित्र निर्देशन गरिसकेको बताइएको छ । जसमा वर्तमान निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, दीपाश्री निरौला आदि छन् । जसमध्ये २७ वर्षीय गौतम नै सबभन्दा ‘कान्छी’ निर्देशक भएको बताइएको छ । अहिले निर्देशक निरौलाको ‘छक्कापन्जा’ प्रदर्शनमा छ र अत्याधिक सफल भइराखेको छ । तसर्थ पनि अर्की महिला निर्देशकको चलचित्रलाई चासोको रुपमा हेरिएको बताइएको छ ।

सुदिन प्रसाईंको लेखन रहेको सो चलचित्र नवराज प्रसाईं, पदम प्रसाईं र रवीन्द्र पराजुलीले निर्माण गरेका हुन् । चलचित्रमा आमेश भण्डारी, नीता ढुङ्गाना, सुदिन प्रसाईं, दिनेश डिसी आदि कलाकारको अभिनय छ । त्यस्तै आमेश भण्डारी र सागर गौतमको सङ्गीत छ । जोमसोम, कागबेनी, मुक्तिनाथ, काठमाडौँलगायतका ठाउँमा चलचित्रको छायाङ्कन गरिएको छ । यसका छायाँकार शम्भु सापकोटा हुनुहुन्छ ।

निर्देशक गौतमले कुनै पनि विदेशी चलचित्रको नक्कल नगरी विशुद्ध नेपाली परिवेशलाई आधार बनाएको चलचित्र भएकाले दर्शकले मनपराउने बताउनुभयो ।


तपाईको प्रतिक्रिया