बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौँ – नेपाली सांगितीक बजारमा चर्चित नाम हो गायक रमेशराज भट्टराई । यिनै गायक भट्टराईले ‘फिदा’ नामक गीत सार्वजनिक गरेका छन् । 2

आफ्नै आवाज आफ्नै संगीत र शब्द रचनामा सार्वजनिक गरिएको उक्त गीतले ‘तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु’ भनेको छ । गीतमार्फत भट्टराईले आफ्नी प्रेमिकाको निकै चर्चा गरेका छन् ।

यसअघि भट्टराईले आफनै सब्द संगीत र आवाजका आधुनिक गीत ‘बबाल भो’ निकै चर्चामा रह्यो र उनी त्यसपछि देश बिदेशका कार्यक्रममा व्यस्त रहे । सार्वजनिक म्यूजिक भिडियोमा मोडल विकास फिरोज र सरु लामाको अभिनय रहेको छ ।

पवन सिंखडाले सम्पादन गरेको भिडियोलाई दिपेन्द्र तिमिल्सीनाले निर्देशन गरेका हुन् ।

भिडियोसहित :


तपाईको प्रतिक्रिया