बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – पछिल्लो समय नेपाली लोकगीतको क्षेत्रमा चर्चा कमाउँदै आएका गायक युवराज छन्त्याललले आफ्नो नयाँ गीत ‘फेसबुकले हो हाम्रो भेट गराएको’ सार्वजनिक गरेका छन् । yuraj

करिब २ महिना अगाडी ‘लास्टै टेन्सन भो’ भन्ने गीतबाट चर्चा कमाएका छन्त्यालले युटुबबाट उक्त गीतको भिडियो समेत सार्वजनिक गरेका छन् । गीतमा आजभोली फेसबुकबाटै लभ पर्ने र विवाह गर्ने लगायतका कुराहरु ब्यक्त गरिएको छ । यसअघि प्रायजसो ठट्यौली गीत बजारमा ल्याएका छन्त्यालले यसपटक भने अलि फरक प्रकारको गीत बजारमा ल्याएका हुन् । छन्त्याल स्वयमको लय, शब्द र स्वर रहेको गीतमा उनलाई गायिका पूर्णकला बिसीले साथ दिएकी छिन् ।

गुरुआमा फिल्मस प्रालिले बजारमा ल्याएको म्युजिक भिडियोमा शेर साउद र हेमा ढुंगेलले अभिनय गरेका छन् । कतारमा रहेर पनि नेपाली लोकगीतको क्षेत्रमा सक्रिय छन्त्यालका जहाजै चढेर, चाइनातीर जाम, लास्टै टेन्सन भो लगायतका चर्चीत गीतहरु बजारमा ल्याइसकेका छन् ।


तपाईको प्रतिक्रिया