बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौँ – अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरेको शब्दमा सजिएको ‘लेखेका सबै हरफहरु’ बोलको गीत सार्वजनिक भएको छ ।

Bishnu

यस गीतमा थानेश्वर गौतम र स्मृति शाहको स्वर रहेको छ । जनता डिजिटलको ब्यानरमा निर्माण भएको यस गीतको म्युजिक भिडियोमा केकी अधिकारी र गम्भीर विष्टले अभिनय गरेका छन् ।

विदेशमा रहेर पनि साहित्य संरक्षण र सम्बर्धनमा लागिपरेका घिमिरेको यो पहिलो रचना हो । आफ्नो पहिलो रचना भए पनि दर्शक श्रोताले यो गीतलाई मन पराउने आशा रहेको घिमिरे बताउछन् । आगामी दिनमा पनि गीत सङ्गीतका क्षेत्रमा सक्रिय रूपमा प्रस्तुत हुने उनको भनाई छ ।


तपाईको प्रतिक्रिया