शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा यतिबेला चर्चामा छ । बेनिशाका प्रेमी अरु कोही नभएर अनिल थापा हुन् । 

तर यो जोडी आफ्नो निजी जीवनको प्रेममा नभई चर्चित आधुनिक गायक त्रिलोक रानाको नँया गिती एल्बम ‘वरदान’ मा समावेश गीत ‘काँडा छोए फुल बन्छ’को म्युजिक भिडियोको दृश्यमा देखाइएको प्रेम हो । गीतमा बेनिसा पूरै प्रेममा परेको दृश्य देख्न पाइन्छ । उत्कृष्ट अभिनय र सुहाउदिलो ड्रेसमा देखिएकी बेनिसा अनिलसँग लजालु तवरले प्रेममा परेको देखाइएको छ । गित काँडा छोए फुल बन्छको म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

सुनिल मास्केको संगित तथा किशोर थापाको शब्द रहेकोछ । दर्जनौँ चर्चित गितमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसंग माँया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा,कोही छ की यहाँ डौतरी मिल्ने, तिमीले सियोमा धागो हालेको, मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले गरी जम्मा ८ वटा गित समावेश गरिएको छ ।


तपाईको प्रतिक्रिया