मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गर्ने आफु जश लिने अरु हुन सक्छन् । धन दिएर शत्रु बढाउने काम नगर्नु होला । प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  ग्रह गोचर सामान्य देखिन्छ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुने छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले साथ दिने देखिन्न । काम काजमा अवरोध आउने छ । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दैनिक काम काजबाट लाभ लिन सकिनेछ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । समयमा नै गर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): खर्च कम गरि काम गर्नु होला । बाहिरी सम्बन्धमा सुधार आउनेछ । लगनशिल भई काममा लाग्नु होला । परिश्रमको फल राम्रो निस्कनेछ । गएका ठाँउमा सत्कार पाईनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कामको हिसावले दिन आफ्नो भन्दा अरुको लागि हुनेछ । समयमा भने सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्नपूर्वक गरेका काममा पनि सफल हुन गाह्रो देखिन्छ । अरुको काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुने छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर पनि गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  मेहनत र धैर्यतापूर्वक काम गर्नु होला नत्र काममा सफलता मिल्ने छैन । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  पेट पोल्ने छ । काम गर्ने जोश,जागर घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्ने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य क्षमता बढ्नेछ । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तको सहयोग पाईने छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया