शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ । सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल हुनुहुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ । योजना बनाएर काम गर्नु होला । अनिर्णयको बन्दि हुनुहुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अशुभ समाचार सुन्नु पर्नेछ । स्वास्थ्यले कम साथ दिनेछ । आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । प्रयास र प्रयत्नबाट नयाँ काम हात पर्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनोबल उच्च गरी काम गर्नु होला । कार्य सम्पादनमा कठिनाई हुनेछ । स्वास्थ्य अनुकुल रहनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । अन्योलता बढ्नेछ । समस्याको जालोबाट फुर्सद पाईने छैन । पढाई लेखाईमा भने सामान्य प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ । अरुको भर विश्वसामा काम गर्नु भयो भने पछि पर्नु हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन अनुकुल छ काममा लागि पर्नु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम खालको छ । सोच विचार काम गर्नु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  सामान्यतया दिन अनुकुल नै देखिन्छ । हतारमा काम नगर्नु होला । योजनाहरु सफल हुनेछन् । भोज भतेरको निम्तो आउनेछ । कार्य क्षमता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  दिन प्रतिकुल देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । अनावस्यक तनाव हुनेछ । खर्च बढ्ला । व्यर्थको घुमाई फिराई हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया