शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोग मिल्नेछ । व्यवसायिक प्रतिष्ठानबाट लाभन्वित हुनुहुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । विदेश यात्राको योग देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  सहयोग गर्ने भन्दा भत्काउने बढि हुनसक्छन् । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्नेछ । सामान्य खटाईले कुनै काम हुने छैनन । परिश्रमबाट लाभ लिइनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  हतार नगरि,विचलित नभई योजना बनाएर काममा लाग्नु होला तव मात्र सफलता हात लाग्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घर परिवारमा सुख,शान्ति छाउनेछ । भौतिक सुख सुविधा भोग गर्न पाईनेछ । काम प्रतिको लगाव भने घट्न सक्छ । आफन्तसँग भेटघाट हुनेछ । अतिथि सत्कार खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्मविश्वास, आत्मबल बढ्नेछ । कार्यलगशिलता बढ्ला । पढाई लेखाईमा सुधार आउनेछ । थोरै प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । पुराना काम फस्र्योट हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संचित धन बढ्नेछ । इष्टमित्र साथि भाईसँगको सम्बन्धमा सुधार आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । विना पहिचानका व्यक्ति सँग कारोवार नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): गतिरोधको अन्त्य हुनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागि हुने अवसर आउनेछ । शैक्षिक गतिविध अगाडि बढ्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  उपयुक्त काममा लगानी हुनेछ तर प्रतिफल भने कम मिल्नेछ । व्यापार व्यवसायबाट खासै मुनाफा लिन सकिने छैन । वाह्य सम्बन्धमा सुधार आउनेछ । भ्रमण हुनसक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आर्थिक क्षेत्रमा प्रगति हुनेछ । मांगलिक काममा तनमन जानेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोग मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सहज, सरल बिधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । अबरुद्ध काम सम्पादन हुनेछन् । सहयोग मित्र भेटिने छन् । आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  आध्यात्मिक चिन्तन बढ्नेछ । शैक्षिक गतिविध थोरै अगाडि बढ्ने छन् । उपकारका काम हुनेछन् । आफुलाई फाइदा हुने काम कम हुनेछन् । व्यापार मन्द रहला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  शारीरिक शिथिलता बढ्नेछ । दैनिक काममा सामान्य अवरोध आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो मुनाफा लिन सकिने छैन । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया