बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । गर्न लागेका काममा अवरोध आउने देखिन्छ । अशुभ समाचारले मनमा चिन्ता थप्ने काम गर्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मनोबल र कार्य क्षमता बढ्ने छ,आफ्नै पहलमा धेरै काम बन्ने छन् । नविन कार्यको बारेमा विचार विमर्श हुनेछ । यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्त नै शत्रु हुन सक्छन् काम गर्दा होशियार रहनु होला । संर्घष विना केहि हुने छैन । परिश्रम अनुसारको फल पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयले त्यति साथ दिने देखिन्न । काम गर्ने जोश जागर घट्नेछ । काम गर्दा अनावस्यक झमेला आइलाग्ने छन् । विचार पुर्याउन सकिएन भने दुर्घटनामा परिने सम्भावना छ । व्यापार घट्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): उद्योग पराक्रम बढ्नेछ । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । विचार पु¥याउनु होला,स्वास्थ्यका कारण थोरै अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): वोलिको प्रभाव थोरै पर्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । आफन्त भए पनि आर्थिक कारोवार नगर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । गरेका काम सफल हुनेछन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आजको समय प्रतिकुल देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । नयाँ काममा हात नहाल्नु होला, बन्न लागेका काम पनि विग्रिन सक्छन् । शारीरिक दुर्वलता बढ्नेछ । कारोवार विग्रिन सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । आज समयले पूर्ण साथ दिनेछ । काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अधुरा काम आज बन्ने छन् । विरोधी शरणमा आउने बातावरण बन्ला । गिरेको मनोबल उठ्नेछ । काम गर्ने जोश जागर विस्तारै बढ्नेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पढाई लेखाईमा थोरै ध्यान जाने छ । धार्मिक विश्वास बढ्नेछ । अनावस्यक विषय बस्तुमा टाउको नदुखाउनु होला । वोलिलाई नियन्त्रण गरेमा नै राम्रो हुने छ । व्यापार व्यवसाय मन्द रहला ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया