शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विना संघर्ष केहि काम हुने छैनन । विश्वास र भरोसामा नपर्नु उचित हुनेछ । घरको वातावरणले अन्योलमा पार्न सक्छ । विवादबाट टाढा वसेर काम गर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कार्य दिशा परिवर्तन हुनसक्छ । लगनशिलता बढाउनु होला साना तिना समस्याहरु समाधान भएर जानेछन् । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अलस्यता बढ्न सक्छ । काम काजले शिघ्र गति लिने छैन । पारिवारिक खर्च बढ्नेछ । ऋण लगानी नगर्नु होला भविष्यमा धोका हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विचारमा स्थायित्व दिनुहोला । समयमा गरेका काम सफल हुनेछन् । साझेदारी काम नगर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सिमा भित्र रहेर काम गर्नु होला नत्र पछि पछुताउनु पर्नेछ । बाह्य कुरामा नलाग्नु दुख पाईनेछ । प्रयत्नहरु सफल हुनेछन् भरोसा काम लाग्ने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने उत्साहामा कमि आउने छैन । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगी हात भेटिने छन् । बढि विश्वास नगर्नु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): झुट्टा कुराले सताउनेछ । दैनिक काममा अवरोध आउन सक्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । व्यापारमा घाटा हुनेछ । विरोधीको अक्रमणमा पर्न सकिन्छ ? ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पढाई लेखाईमा खासै ध्यान जाने छैन । समयमा गरेका कामबाट लाभ राम्रै हुनेछ । आफन्तजनबाट सामान्य सहयोग मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कामले सामान्य गति लिनेछ । कारोवारमा सुधार आउनेछ । तनाव कम भएर जानेछ । सामाजिक काममा लगानी बढ्नेछ । खर्च व्यवस्थापनमा जोड दिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विवादका विषयको टुङ्गो लाग्नेछ । हिनता बोध हट्नेछ,गुमेको विश्वास पलाउनेछ । यात्राको सामान्य सम्भावना देखिन्छ । अर्थ अभावको महशुस हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयले साथ कम दिनेछ । भ्रमित भईनेछ । विश्वास भरोसा टुट्नेछ । ईमान्दारीता गुमाउनु पर्नेछ । अनावस्यक विषय बस्तुले ठाँउ पाउनेछ । स्वास्थ्य विग्रिनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयको महत्वको ख्याल गरेर काम गर्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण प्राप्ति हुनेछ । व्यापार बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया