बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुझवुझका साथ काम हुनेछन् । परिवारसँग कुरा मिल्ने छैनन । विरोधीको सक्रियता बढ्नेछ । कार्य सम्पादन गर्न कडा मेहनतको आवस्यकता देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मन चञ्चल हुनेछ स्थिर भएर काम गर्नु होला नत्र पछाडी परिनेछ । समस्या कम भएर जानेछन् । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  निश्चिन्त भएर काम गर्न सकिने छैन । अशान्तिका बादलहरु मडारिने छन् । विभिन्न खालका समस्या सँग भीड्नु पर्नेछ । पारिवारिक खर्च बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य क्षमता बढ्नेछ । अधुरा कार्य सम्पादन हुनेछन् । धन सम्पति एवं सन्तानबाट सुख मिल्नेछ । राज्यबाट लाभ लिन सकिनेछ । व्यापारबाट लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): संयमित भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आर्थिक कारोवार गर्दा सचेत रहनु होला । अरुको भरमा मात्रै काम नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा सुधार आउनेछ । काम काजमा प्रगति हुनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह गोचर अनुकुल देखिन्न । बन्न लागेका काम रोकिन सक्छन् । समयको दुरुपयोग हुने देखिन्छ । खर्च वृद्धि एवं परभावको सम्भावना देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  महत्वपूर्ण भेटघाट हुनेछ । धर्म कर्ममा विश्वास बढ्नेछ । घर परिवारबाट सुख, शान्ति मिल्नेछ । भाग्यले साथ दिदा काम बन्नेछन् । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  बाधा अवरोध हटेर जानेछन् । मनमा उब्जिएको शंका निवारण हुनेछ । काम गर्दा सहजता महशुस हुनेछ । आय बढ्नेछ । प्रतिष्ठाको लडाई समाप्त हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा थोरै सुधार आउनेछ । मानसिक तनावमा कमि आउने तथा गुमेको आस्था र विश्वास पलाउनेछ । धार्मिक फलदायी यात्रा हुनसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा भय त्रास बढ्नेछ । लगानी डुब्न सक्छ सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा विभिन्न समस्या आउने देखिन्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आफुमा भएको उर्जाको पूर्ण सदुपयोग गर्नु होला। जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

 

तपाईको प्रतिक्रिया