बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन मध्यम खालको छ हेलचक्र्याई गरेमा असफलता मिल्नेछ,ऋण लगानी नगर्नु होला धन डुब्न सक्छ । मध्यान्ह पछि कार्य लगनशिलता विस्तारै बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  दिन सामान्यतया अनुकुल नै देखिन्छ,गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापारबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  शारीरिक शिथिलता बढ्नेछ । काम गरेर नाम न जश खरानी खस हुनसक्छ,व्यापारमा घाटा हुनसक्छ । तर मध्यान्ह पछि समयमा सुधार आउनेछ । कामले गति लिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातकाल थोरै अनुकुल देखिए तापनि मध्यान्हबाट समयले कम साथ दिनेछ । बन्न लागेका काममा अवरोध आउनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ,अधुरा कार्य फस्र्योट हुने देखिन्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै सुधार आउने देखिन्छ । इच्छानुसारको काम गर्न सकिने छ । गरेका कामबाट लाभान्वित हुने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । मानसिक तनाव कमि आउनेछ । खर्च नियन्त्रण गर्न गाह्रो हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  मध्यान्हपूर्व गरेका काम सफल हुनेछन् भने उप्रान्त समयमा गरेका काममा अवरोध आउन सक्छ । अशुभ समाचारले मनमा अशान्ति थप्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  प्रतिश्पर्धामा सफल हुनुहुनेछ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋणमा काम नगर्नु होला । कर्ममा ध्यान दिनु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक सद्भाव खल्बलिन सक्छ । गोपनियता भंग नगरि काम गर्नु होला । विश्वासघातको सम्भावना देखिन्छ सचेत हुनुहोला । सामान्य खटाईले काम बन्ने छैनन ।

 

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आस्था र विश्वासमा काम गर्दा धोका हुनसक्छ चनाखो रहनु उपयुक्त हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । पारिवारिक चिन्ताले छोड्ने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  ढिला सुस्ति गरेमा लाभ र कामको अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । व्यापार व्यवसायमा विस्तारै मन्दि आउनेछ । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया