बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्दा विचार पुर्याउनु होला फल नमिल्न सक्छ । व्यवसायिक काममा झन्झट थपिने देखिन्छ । सहयोग कम मिल्नेछ । आर्थिक समस्या झेल्नु पर्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उद्योग,पराक्रम बढ्नेछ । गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समयले कम साथ दिनेछ । काम गर्दा तनाव बढि लिनु पर्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । खर्चमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घरको वातावरण अनुकुल नभए पनि वाहिरी वातावरण अनुकुल रहनेछ । निर्णय क्षमता बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । अनयास धन हात लाग्ने योग छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य क्षमता बढ्नेछ ।पद,प्रतिष्ठा बढ्ने देखिन्छ । कार्य सम्पादन सहज र सरल तरिकाबाट हुनेछन् । गरेका कामबाट धेरै थोरै लाभ लिन सकिनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मनस्थिति खलबलिन सक्छ । आस्था र विश्वासमा चोट लाग्न सक्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यापारमा विस्तारै सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): परिस्थिति आफ्नो अनुकुल रहने छैन । बन्न लागेका काम विग्रिन सक्छन् । खर्चमा वृद्धि हुनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्यले साथ दिदा थोरै सफलता मिल्नेछ । आयको धेरै हिस्सा खर्चमा परिणत हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । दैनिक काममा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विरोधी माथि हावि हुनेहुनेछ । प्रतिश्पर्धात्मक काममा पूर्ण सफलता मिल्नेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । मनमा उब्जेको भय त्रास हटेर जानेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): व्यापार व्यवसायबाट खासै लाभ लिन सकिनेछ । जीवन साथिको सहयोग अल्प हुनेछ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । निर्णय क्षमता बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): घर परिवारमा टन्टा उत्पन्न हुनसक्छ । घरयासी खर्चमा वृद्धि हुनेछ । आर्थिक समस्या झेल्नु पर्ला । कार्य शिथिलता बढ्नेछ । आस्था र विश्वास टुट्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  पढाई लेखाई तिर भन्दा कमाई तिर मन दौडिनेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया