शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले साथ दिनेछ । काममा निरन्तरता दिन पछि नपर्नु होला । काम काजमा प्रगति हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  जोखिम मोलेर काम नगर्नु होला । खर्च बढे पनि उचित ठाँउमा हुनेछ । आम्दानीमा कमी आउन सक्छ । घुमाई फिराई बढि हुनसक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  भाग्य भन्दा कर्ममा जोड दिनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । परिवारमा सुख,शान्ति छाउनेछ । व्यापारमा वृद्धि हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य व्यस्तता वढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । दाम,इज्जत,पद प्रतिष्ठा बढ्नेछ । दुविधा मुक्त भएर काम गर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुरा भन्दा काममा जोड दिनु होला । आय व्यय वरावरै जस्तो हुनेछ । घुमाई फिराई बढि हुनेछ । उपकारी काम हुनसक्छन् । पढाई लेखाईमा ध्यान जानेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अस्थिरता बढ्न सक्छ । अनावस्यक विषयमा तनाव लिनु पर्नेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । आफ्नो धन अरुलाई हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक विषय बस्तुमा ध्यान केन्द्रित हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कामबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य खोस्ने प्रयत्न हुनसक्छ सतर्क रहि काम गर्नु होला । सामान्य मेहनतले कुनै काम बन्ने छैनन । परिश्रमको प्रतिफल भने राम्रो मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  भय,त्रास र आतुरमा काम गर्दा विग्रिन सक्छन् । आर्थिक कारोवार मिलाउन गाह्रो पर्नेछ । परिवारमा द्वन्द चल्न सक्छ होशियार हुनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आस्था र विश्वास घट्न सक्छ । घरयासी खर्चमा तिव्रता आउनेछ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घट्नेछ । भ्रम बढ्नेछ ।

 

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्ने जोश जागर बढ्नेछ । बन्धु बर्गादिको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  नजिकका मानिसले धोका दिन सक्छन् । ऋण लगानी नगर्नु होला डुब्नसक्छ । प्रयत्न नगरि कुनै काम सफल हुनेछ्रैनन् । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया