शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): ढुक्कका साथ काम गर्न पाईने छैन । अरुको वोझ आफुले बोक्नु पर्नेछ । व्यवसायिक काममा विवाद पर्न सक्छ । लाभदायक काम कम हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  शत्रु कमजोर बन्ने छन् । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । कार्य क्षमता घट्ने छैन । अरुको भरमा काम नगर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  गरेका काम सफल नै हुने देखिन्छ । भरोसामा काम नगर्नु होला । सहज केहि देखिदैन । परिश्रम बढी हुनेछ भने उपलब्धि काम होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आनन्दसँग काम गर्न पाईने छैन । काम देखेर दिक्क लाग्नेछ । व्यवसायिक कामबाट सोचे जस्तो लाभ हुनेछैन । सहयोगी हात भेटिने छैनन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): हतारमा गरेर फूर्सदमा नपछुताउनु होला । मिलेर गरेका कामबाट लाभ लिन सकिने छैन । आम्दानीको तुलनामा खर्च बढि हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आयको धेरै हिस्सा वचतमा परिणत हुनेछ । समयमा गरेका काम अधिकाँश सफल हुनेछन् । घरपरिवारको सहयोग अल्प हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्दा धैर्यता नगुमाउनु होला ।समयलाई बुझ्न सकिएन भने पछि परिनेछ । लगनशिल भई लगानी कम गरि श्रम खर्च गर्न सके उपलब्धि हात लाग्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  काम गर्ने उत्साहा बढ्नेछ तर समयको महत्व वुझ्नु होला । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  गुमाउने काम बाहेक केहि हुनेछन् । आर्थिक संकट पर्न सक्छ । सहयोगी हात खुम्चिने छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आलोचना गर्ने समर्थनमा आउने छन् । आफन्तका कारण महत्वपूर्ण काम बन्नेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । स्फूर्ति बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  सहज र सरल बिधिबाट कार्य सम्पादन हुनेछन् । अधुरा सपना पुरा हुनेछन् थोरै मेहनत गरेको खण्डमा । व्यापारमा विस्तारै सुधार आउनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  बुद्धिको सदुपयोग गरेर काम गर्नु होला । सोचे जस्तो काममा प्रगति हुनेछैन । पढाई लेखाईमा प्रगति हुनेछ । धेरै काम अधुरा हुनेछन् ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया