शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ काम गर्दा विचार पुर्याउनु होला । अहार विहारका कारण स्वास्थ्य कमजोर हुनेछ । दैनिक काम काजमा अवरोध आउनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  स्वतन्त्र प्रकृतिका कामबाट लाभ हुनेछ भने मिलेर गरेका काममा विवाद सृजना हुन सक्छ । विदेश यात्राको योग  देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सहज र सरल किसिमले कार्य सम्पादन हुने छैनन । काममा अवरोध पुर्याउन खोज्ने धेरै हुनेछन् । प्रयत्नपूर्वक गरेका काम भने प्राय सफल हुने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अस्थिरता र अन्योलता बढ्न सक्छ । समयको महत्व वुझ्न सकिएन भने पछि परिनेछ । सोचे जस्तो सफलता मिल्ने छैन । यात्रामा कष्ट हुनसक्छ । व्यापार मन्द रहला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक समस्या बढ्ने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा अशान्ति बढ्नेछ । धन सम्पति नास नहोला भन्न सकिन्न ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम गर्ने उत्साहा बढ्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सहयोग सहानुभूति मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): संचित धन नास हुनेछ । आफन्तबाट धोका हुनसक्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । लेन देनको विषयमा विवाद पर्न सक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अलमलमा नपरि काम गर्नु होला गरेका काम सफल हुनेछन् । खर्चमा थोरै कमी आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विश्वासको संकट पर्नेछ । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापारमा गिरावट आउनेछ । चोटपटक आदिको भय देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन आय बढ्नेछ । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ । गरेका काम प्राय सफल हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुरा काट्नेहरु सहयोगको हात फैलाउने छन् । रोकिएका कामले गति लिनेछ । पराक्रम बढ्नेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयले पूर्ण साथ दिने देखिदैन । आलोचना बढ्नेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । मानसिक तनावमा थोरै कमि आउनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया