शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धन सम्पति चोरी वा हराउन सक्छ सुरक्षित रहनु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले घात गर्नेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काममा ढिला सुस्ति भएमा उचित प्रतिफल पाईने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कारोवारमा ध्यान दिनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  समग्रमा दिन राम्रै देखिन्छ । आफन्तजनको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । संचित धन बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आत्मविश्वासका साथ काममा लाग्नु होला अवस्य सफल हुनुहुनेछ । घरको बातावरण प्रतिकुल देखिन्छ । भावावेगमा काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भय आतुरमा काम नगर्नु होला । अनावस्यक काममा खर्च हुनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): देखिएका सम्भावना क्षीण भएर जानेछन । समयमा काममा प्रवेश गर्नु आवस्यक छ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई नोक्सान हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): नोकरी तथा राजनीतिमा समस्या आउने छन् । काम गरेर जश पाईने छैन । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । मेहनत अनुसारको प्रतिफल पाईनेछ । व्यापारमा प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विश्वासिलो बातावरण बनाएर मात्रै काममा लाग्नु होला । यात्रा भन्दा दैनिक काम काजमा सामान्य खटाईबाट कार्य सम्पादन हुने छैनन । समयमा निर्णय लिन सकिएन भने दुख पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयको ख्याल राखेर काम गर्नु होला । हतारमा गरेका काम विग्रिन सक्छन् । स्वास्थ्यमा लगानी बढ्नेछ । लेनदेनमा विवाद पर्न सक्छ । संचित धनको नोक्सान हुनेछ । चिन्ताले छोड्ने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने जोश जागर घट्ने छैन । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आएको अवसरलाई सदुपयोग गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । दुविधा बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनावस्यक काममा समय खर्च हुन सक्छ सतर्क भई काम गर्नु होला । परिवारिक चिन्ताले सताउनेछ । खानपानमा विचार पु¥याउन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काम गरेर नाम कमाउन सकिनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । आय आर्जन पनि बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया