बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घर परिवारबाट टाढा बसेर काम गर्दा बढि आनन्द आउनेछ । काममा अरुको गिद्धे दृष्टि पर्नेछ । परिश्रमानुसारको प्रतिफल पाईनेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्दा कहि कतैबाट बाधा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । भ्रम जालमा पर्न सकिन्छ, होशियार रहनु होला । पढाईमा प्रगति कम हहुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा मन जाने छैन । घरयासी खर्चमा तिव्रता आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । अरुको मुखबाट आलोचना सुन्नु पर्ला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्न मन लाग्नेछ । धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । अधुरा कामले गति लिनेछ । भावावेगमा नआउनु होला आफैलाई घाटा हुनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): धन दिएर मन हरण गर्ने काम नगर्नु होला । आफन्तबाट काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । व्यापार घट्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समग्रमा समय उत्तम देखिन्छ । अधुरा कार्य अगाडि बढ्नेछन् । काम गर्ने जोश जागर बढ्नेछ । अनावस्यक खर्च कमी आउनेछ । व्यापार बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयको गति सगै प्रतिकुलता बढ्नेछ । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ । अरुको काम गरेर जश कमै  मिल्नेछ । खर्चमा तिव्रता आउनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । यात्राबाट लाभान्वित हुनु हुनेछ । सहयोग पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काममा देखिएका समस्या कम भएर जानेछन् । लेनदेख कारोवारमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मानसिक तनाव घट्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द नै रहला । आलोचना बढ्नसक्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा शान्ति मिल्ने छैन । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । विरोध बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  नयाँ कामको अवसर आउन सक्छ । घरपरिवारबाट सहयोग,सुख,शान्ति मिल्नेछ । नेतृत्वदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आम्दानी बढ्नेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया