शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रयत्नवाट काम हुनेछन् उद्योग पराक्रम घट्नेछैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अल्प सहयोग मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  मन दिनुहोस्,धन दिदा डुब्न सक्छ विचार गर्नु होला । प्रयास र प्रयत्न भने सफल हुनेछन् । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  नयाँ योजन,नयाँ प्रस्ताव अगाडि बढ्ने छन् । आफन्तको सहयोगमा केहि काम हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । लाभ होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नाम,काम र दाम वचाएर काम गर्नु होला । फजुल खर्चमा वृद्धि हुनेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समग्रमा दिन अनुकुल रहनेछ । काम गर्न सके दाम कमाउन सकिनेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफ्ना मान्छेको सहयोग मिल्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): भाग्यले साथ दिनेछ,कर्म अगाडि बढ्नेछ । रोकिएका काम बन्नेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा फैलिएको अराजकता घट्नेछ । गरेका काममा सन्तोषजनक प्रगति हुने छैन । घुमाई फिराई बढि हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दिन सहज देखिदैन । भाग्यमा अवरोध आउन सक्छ । खानपानमा विचार पुर्याउनु होला, स्वास्थ्य कमजोर बन्नेछ । व्यापार घट्ने छ खर्चमा वृद्धि हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  आफन्तको सहयोग थोरै पाईनेछ । काममा प्रगति हुनेछ साधन र शिपको सदुपायोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): गोपनियता अप्नाउनु होला ।सवैलाई आफ्नो ठानेर काम गरेमा काम विग्रिने छन् । परिश्रमको फल लिन ठुलै मेहनत गर्नु पर्ला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): भ्रममा नपरि काम गर्नु होला । तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्छन् । यात्रा नगर्नु उचित हुनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  कार्य घरयासी समस्या बढ्ने छन्,खर्चमा वृद्धि हुनेछ । शारीरिक शिथिलता बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । दम्भ त्यागेर काम गर्नु होला ।

——————————————–

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया