बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कार्य सम्पादनमा सरलता आउनेछ । गर्न बाँकी रहेका काम हुने छन् । आत्मबल,आत्मविश्वास बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । मान सम्मान पाईने छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  तनाव घटेर जानेछ । कार्य लगनशिलता बढ्ने देखिन्न । स्पष्ट बोल्दा आफैलाई हानी नोक्सानी हुनसक्छ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा हेलचक्र्याई कत्ति नगर्नु होला । आर्थिक कारोवार विग्रिन सक्छ । स्वास्थ्य कमजोर बन्नेछ । काम बन्ने छैनन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । मानसिक तनाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वातन्त्र प्रकृतिका काम हुनेछन् । कामबाट सामान्य फाइदा लिन सकिनेछ । हिसाव कितावमा काम गर्नु होला । मिलेर काम नगर्नु होला । वोलि नफुत्काउनु होला । यात्रा हुनसक्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सहज रुपमा काम हुने छैनन । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । काम गर्दा त्रुटी हुन सक्छ विचार गरेर गर्नु होला । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  मनमा दुविधा बढ्न सक्छ । अलमलमा पर्नु भयो भने अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । यात्रामा कष्ट हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सानो हेलचक्र्याईले ठूलै नोक्सान हुनसक्छ जोशमा होस नगुमाउनु होला । मानसिक एवं शारीरिक दूर्वलता बढ्नेछ । घरयासी समस्या बढ्ने छन् । धन माल हराउन वा चोरी हुनसक्छ ।।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भ्रमबाट मुक्त भएर काम गर्नु होला । काम अनुसारको दाम हात पर्ने छ । उद्योग धन्दा बन्द व्यापारमा उन्नति प्रगति हुनेछ । व्यक्तित्व विकास हुनेछ । सामाजिक प्रभाव बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  कसैलाई वोलि नफुत्काउनु होला । आर्थिक कारोवारमा चनाखो रहनु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । गरेका काम प्राय सफल हुनेछन् । उत्तम आसन र भोजन प्राप्तिको योग  देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई फाइदा पुग्नेछ ।  आफुले सोचे जस्ता व्यवसायबाट लाभ लिन सकिने छैन । विना सोच विचार नवोल्नु होला काम विग्रिन सक्छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  नसोचेका ठाँउबाट आम्दानी हुने योग छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । खेलाडीको लागि दिन बढि उत्तम देखिन्छ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया